पुछारको संकटासँग आर्मीको बराबरी

पुछारको संकटासँग आर्मीको बराबरी : Icon Khabar

काठमाडौं, वैशाख २४ । सहिद स्मारक ए डिभिजन लिगमा आर्मी र संकटाले बराबरी खेलेको छन् । आईतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आर्मीले पुछारको टिम संकटासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको १८ औं मिनेटमा कप्तान भरत खवासको गोलमा आर्मीले अग्रता बनाएको थियो । भरतले यस सिजनको लिगमा आफ्नो पहिलो गोल गरेका हुन् । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

जिततर्फ अग्रसर आर्मीले खेलको इन्जुरी समयमा पेनाल्टी ब्यहोर्नुपर्यो । संकटाका लेबनानी फरवार्ड युसुफ एट्रिसले पेनाल्टीमा गोल गर्दै संकटाको संकट टारेका थिए । रेलिगेशन जोनमा रहेको संकटाले १५ खेलबाट १७ अंक जोडेको छ । आर्मीले समान खेलबाट २१ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 May 2023
Website | + posts










ताजा
भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन
‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्यो
सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट