पुछारको संकटासँग आर्मीको बराबरी

पुछारको संकटासँग आर्मीको बराबरी : Icon Khabar

काठमाडौं, वैशाख २४ । सहिद स्मारक ए डिभिजन लिगमा आर्मी र संकटाले बराबरी खेलेको छन् । आईतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आर्मीले पुछारको टिम संकटासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको १८ औं मिनेटमा कप्तान भरत खवासको गोलमा आर्मीले अग्रता बनाएको थियो । भरतले यस सिजनको लिगमा आफ्नो पहिलो गोल गरेका हुन् । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

जिततर्फ अग्रसर आर्मीले खेलको इन्जुरी समयमा पेनाल्टी ब्यहोर्नुपर्यो । संकटाका लेबनानी फरवार्ड युसुफ एट्रिसले पेनाल्टीमा गोल गर्दै संकटाको संकट टारेका थिए । रेलिगेशन जोनमा रहेको संकटाले १५ खेलबाट १७ अंक जोडेको छ । आर्मीले समान खेलबाट २१ अंक जोडेको छ ।

Published Date: 07 May 2023


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर