आफिजको गोलमा मच्छिन्द्रको जित

आफिजको गोलमा मच्छिन्द्रको जित : Icon Khabar

काठमाडौं, वैशाख २४ । फरवार्ड ओलावाले आफिजले इन्ज्युरी समयमा गोल गरेपछि मच्छिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिगमा नेपाल एपिएफ फुटबल क्लबलाई पराजित गरेको छ ।

दशरथ रंगशालामा आइतबार मच्छिन्द्रले २-१ को जित दर्ता गर्यो । एपिएफले खेलमा सुरुवाती अग्रता लिएपनि दुवै हाफको इन्ज्युरी समयमा गोल खाँदा हार बेहोर्न पुगेको हो । एपिएफका लागि अर्मान्ड बेडमले सुरुवाती अग्रता दिलाएका थिए । तर ओमोलाजा करीमले फ्रिकिक र ओलावाले आफिजले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गर्दै मच्छिन्द्रलाई जित दिलाए ।

खेलको १७ औं मिनेटमा सुरज विकलाई टाउकोको चोटका कारण गुमाएको मच्छिन्द्रले ३३ औं मिनेटमा विमल घर्ती मगरको साथ पाएन । ल्यान्डिङ गर्ने क्रममा खुट्टामा चोट बोकेपछि विमल बाहिरिएका थिए । यसैपनि टोलीका मुख्य डिफेन्डर देवेन्द्र तामाङलाई विश्राम दिइएको थियो ।

३७ औं मिनेटमा एपिएफले अग्रता लियो । विकि तामाङको प्रहार फितलो हुँदा अर्मान्डले ६ यार्ड बक्स भित्रबाट सहजै गोल गरेका थिए । तर इन्ज्युरी समयमा मच्छिन्द्रले बराबरी गोल फर्कायो । पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट करीमको शक्तिशाली फ्रिकिक प्रहार सिधै गोलमा परिणत भएको थियो । उनको प्रहार गोलरक्षक एन्जल श्रेष्ठको ठिक अगाडी ठोक्किन पुग्दा गोलरक्षकको डाइभ व्यर्थ भएको थियो ।

दोस्रो हाफको इन्ज्युरी समयमा आफिजले सुन्दर गोल गर्दै जित पक्का गरे । झन्डै २५ यार्ड टाढाबाट आफिजले गरेको हाफ भली प्रहार गोलरक्षक एन्जलले बचाउन सकेनन् । आफिजले सिजनको व्यक्तिगत दशौं गोल गर्दै मच्छिन्द्रको ३ अंक पक्का गरे ।

यस जितसँगै मच्छिन्द्र अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान २४ अंक भएपनि हेड टु हेड नतिजाका आधारमा मच्छिन्द्र जावलाखेल र थ्री स्टारभन्दा पछि रहेको हो । एपिएफ भने १५ खेलमा १९ अंकसाथ नवौं स्थानमा छ ।

Published Date: 07 May 2023


ताजा
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली