सिम्रिक एयर हेलिकप्टर दुर्घटना: एक जनाको मृत्यु

सिम्रिक एयर हेलिकप्टर दुर्घटना: एक जनाको मृत्यु : Icon Khabar

काठमाडौं, वैशाख २२ । संखुवासभामा शुक्रबार सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता भुवनबाबु खड्काले जानकारी दिए । मृतक गुरुङ हेलिकप्टरमा हेल्परका रुपमा कार्यरत थिए ।

दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, सहचालक छिरिङ भोटे, अर्का सहायक मनोज थापा र नेपाल विद्युत प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

अवतरण गर्ने क्रममा भोटखोला गाउँपालिका–४ हम्मारेडाँडामा दुर्घटना भएको हो । हेलिकप्टरले माथिल्लो अरुण जलविद्युत आयोजनाको निर्माण सामग्री बोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 May 2023
Website | + posts