सिम्रिक एयर हेलिकप्टर दुर्घटना: एक जनाको मृत्यु

सिम्रिक एयर हेलिकप्टर दुर्घटना: एक जनाको मृत्यु : Icon Khabar

काठमाडौं, वैशाख २२ । संखुवासभामा शुक्रबार सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता भुवनबाबु खड्काले जानकारी दिए । मृतक गुरुङ हेलिकप्टरमा हेल्परका रुपमा कार्यरत थिए ।

दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, सहचालक छिरिङ भोटे, अर्का सहायक मनोज थापा र नेपाल विद्युत प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

अवतरण गर्ने क्रममा भोटखोला गाउँपालिका–४ हम्मारेडाँडामा दुर्घटना भएको हो । हेलिकप्टरले माथिल्लो अरुण जलविद्युत आयोजनाको निर्माण सामग्री बोकेको थियो ।

Published Date: 05 May 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग