इन्दुरो रत्नाङ्गे माउन्टेन रेसको तयारी पुरा

इन्दुरो रत्नाङ्गे माउन्टेन रेसको तयारी पुरा : Icon Khabar

काठमाडौं, वैशाख २१। सोलुखुम्बुको रत्नाङ्गेमा आयोजना भएको इन्दुरो रत्नाङ्गे माउन्टेन रेस प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । प्रतियोगिताको पहिलो दिन अभ्यास सत्र सकिएको छ । पहिलो दिनको अभ्यासमा २३ जना राइडरले साइक्लिङ गरेका छन् । प्रतियोगितामा बिभिन्न चार क्याटेगोरीमा प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगितामा २६ राइडरले मुख्य स्पर्धामा शुक्रबार र शनिबार प्रतिस्पर्धा गर्नेछन् । जसमा दुई विदेशी राइडर समेत छन् । हाइ अल्टिच्युटमा हुने माउन्टेन रेस र यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा सहयोग पुर्याउने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिता बैशाख २४ गतेसम्म चल्नेछ ।

‘हाइ अल्टिच्युटमा भएको पहिलो माउन्टेन रेस हो । सोलुको पर्यटनमा पनि यसले सहयोग पुर्याउछ भन्ने हाम्रो विश्वास छ । त्यस्तै माउन्टेन रेसलाई पनि यसले प्रवद्धन गर्नेछ ।’ फाप्लु माउन्टेन बाइक क्लबका अध्यक्ष आङ छिरिङ शेर्पाले भनेका छन् ।

फाप्लु माउन्टेन बाइक क्लबले रत्नाङ्गेमा पहिलो पटक आयोजना गरेको प्रतियोगितालाई केटीएम सिटीले मुख्य प्रायोजकको रुपमा सहयोग गरेको छ । प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । जसमा महिला र पुरुष इलिटमा पहिलो हुनेले ३० हजार, दोस्रोले २० र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताको अन्य विधाका विजेताले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

Published Date: 04 May 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु