इन्दुरो रत्नाङ्गे माउन्टेन रेसको तयारी पुरा

इन्दुरो रत्नाङ्गे माउन्टेन रेसको तयारी पुरा : Icon Khabar

काठमाडौं, वैशाख २१। सोलुखुम्बुको रत्नाङ्गेमा आयोजना भएको इन्दुरो रत्नाङ्गे माउन्टेन रेस प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । प्रतियोगिताको पहिलो दिन अभ्यास सत्र सकिएको छ । पहिलो दिनको अभ्यासमा २३ जना राइडरले साइक्लिङ गरेका छन् । प्रतियोगितामा बिभिन्न चार क्याटेगोरीमा प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगितामा २६ राइडरले मुख्य स्पर्धामा शुक्रबार र शनिबार प्रतिस्पर्धा गर्नेछन् । जसमा दुई विदेशी राइडर समेत छन् । हाइ अल्टिच्युटमा हुने माउन्टेन रेस र यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा सहयोग पुर्याउने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिता बैशाख २४ गतेसम्म चल्नेछ ।

‘हाइ अल्टिच्युटमा भएको पहिलो माउन्टेन रेस हो । सोलुको पर्यटनमा पनि यसले सहयोग पुर्याउछ भन्ने हाम्रो विश्वास छ । त्यस्तै माउन्टेन रेसलाई पनि यसले प्रवद्धन गर्नेछ ।’ फाप्लु माउन्टेन बाइक क्लबका अध्यक्ष आङ छिरिङ शेर्पाले भनेका छन् ।

फाप्लु माउन्टेन बाइक क्लबले रत्नाङ्गेमा पहिलो पटक आयोजना गरेको प्रतियोगितालाई केटीएम सिटीले मुख्य प्रायोजकको रुपमा सहयोग गरेको छ । प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । जसमा महिला र पुरुष इलिटमा पहिलो हुनेले ३० हजार, दोस्रोले २० र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताको अन्य विधाका विजेताले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 May 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट