रास्वपालाई सरकारमा ल्याउनु राम्रो विकल्प : एकीकृत समाजवादी अध्यक्ष नेपाल

रास्वपालाई सरकारमा ल्याउनु राम्रो विकल्प : एकीकृत समाजवादी अध्यक्ष नेपाल : Icon Khabar

काठमाडौं, वैशाख २१। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई वर्तमान सरकारमा सामेल हुनुपर्ने बताएका छन् ।

कैलालीको धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीले रास्वपालाई सरकारमा सामेल गर्नु राम्रो हुने सुझाव दिए ।

रास्वपालाई सरकारमा ल्याउने विषयमा सहमति भएको थियो । गठबन्धनभित्र छलफल गरेर निर्णय हुन्छ,’ उनले भने ।

उनले भने, ‘रास्वपा अध्यक्ष रवि लामिछानेले गरेको राहदानी दुरुपयोगको विषयलाई पार्टीले गृह मन्त्रालयको जिम्मेवारी दिए पनि स्वतन्त्र रूपमा समाधान गर्नुपर्छ ।

विश्व आर्थिक संकटले नेपालमा पनि प्रभाव पारेको सन्दर्भमा उनले देशको अर्थतन्त्रमा सुधार गर्नुपर्नेमा जोड दिए । सरकारले अनावश्यक खर्चमा कटौती गरी जनताको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएका विषयहरूमा ध्यान दिनुपर्ने सुझाव दिए ।

अर्को सन्दर्भमा उनले विद्यमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरे ।

Published Date: 04 May 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु