रास्वपालाई सरकारमा ल्याउनु राम्रो विकल्प : एकीकृत समाजवादी अध्यक्ष नेपाल

रास्वपालाई सरकारमा ल्याउनु राम्रो विकल्प : एकीकृत समाजवादी अध्यक्ष नेपाल : Icon Khabar

काठमाडौं, वैशाख २१। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई वर्तमान सरकारमा सामेल हुनुपर्ने बताएका छन् ।

कैलालीको धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीले रास्वपालाई सरकारमा सामेल गर्नु राम्रो हुने सुझाव दिए ।

रास्वपालाई सरकारमा ल्याउने विषयमा सहमति भएको थियो । गठबन्धनभित्र छलफल गरेर निर्णय हुन्छ,’ उनले भने ।

उनले भने, ‘रास्वपा अध्यक्ष रवि लामिछानेले गरेको राहदानी दुरुपयोगको विषयलाई पार्टीले गृह मन्त्रालयको जिम्मेवारी दिए पनि स्वतन्त्र रूपमा समाधान गर्नुपर्छ ।

विश्व आर्थिक संकटले नेपालमा पनि प्रभाव पारेको सन्दर्भमा उनले देशको अर्थतन्त्रमा सुधार गर्नुपर्नेमा जोड दिए । सरकारले अनावश्यक खर्चमा कटौती गरी जनताको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएका विषयहरूमा ध्यान दिनुपर्ने सुझाव दिए ।

अर्को सन्दर्भमा उनले विद्यमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 May 2023
Website | + posts




ताजा
जेनजी आन्दोलनका कारण बन्द रहेको चन्द्रगिरी केवलकार शनिबारबाट संचालनमा आउने
चीनद्वारा अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित
काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, एक जनाको मृत्यु
बुधबार नेप्से परिसूचक १२.१७ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका