अझै कति दिन पानी पर्छ ?

अझै कति दिन पानी पर्छ ? : Icon Khabar

काठमाडौँ, वैशाख २० । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरजसो नै आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थान र अन्य पहाडी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। बुधवार बदली बढ्ने र वर्षा हुने देखिएको छ। बिहीवारदेखि केही घट्ने र पानी पनि कम हुने सम्भावना छ।

बुधवार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा र बाँकी एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान छ। राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ।

पहाडी भू-भागका थोरै स्थानहरूमा मात्र मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ।

नेपालमा अहिले परिरहेको पानी मनसुन पूर्व हुने वर्षा हो। काठमाडौँमा मे महिनामा मात्र औसत १२३.६ मिलिमिटर वर्षा हुने गरेको मौसम विभागको तथ्याङ्क छ। यो साताको सुरुवातदेखि मङ्गलवारसम्ममा उपत्यकामा जम्मा ३ मिलिमिटर वर्षा भएको छ।

बिहीवार दिउँसो र राति भने देशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।

Published Date: 03 May 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग