सन्दीप चुनिए सर्वोत्कृष्ट खेलाडी

सन्दीप चुनिए सर्वोत्कृष्ट खेलाडी : Icon Khabar

काठमाडौं, बैशाख १९ । नेपालका स्पिनर सन्दीप लामिछाने एसिसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । नेपाललाई अपराजित रहँदै एसिया कपमा पुर्याउन सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सन्दीपले प्रतियोगिताभर ५ खेलमा १३ विकेट लिएका थिए । ब्याटिङतर्फ सन्दीपले ४२ रन बनाएका थिए । युएईका वृत्य अरविन्द प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिएका छन् ।

वृत्यले ६ खेलमा २ शतक र १ अर्धशतकसहित कुल ४ सय ५४ रन बनाएका थिए । उनले प्रतियोगिताभर ४४ चौका र १८ छक्का हानेका थिए । ओमानका तीव्र गतिका बलर बिलाल खानले ६ खेलमा १७ विकेट लिँदै प्रतियोगिता उत्कृष्ट बलर चुनिएका थिए ।

एसिया कप २०२३ आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । नेपाल, भारत र पाकिस्तान एकै समूह ए मा छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

हरेक समूहको शीर्ष दुई टोलीले सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप एकदिवसीय विश्वकप अघि एसियाका टोलीलाई तयारीको रुपमा एसिसीले आयोजना गर्ने गर्दछ ।

Published Date: 02 May 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग