चलचित्र ‘नाङ्गो गाउँ’ नेपाल र अष्ट्रेलियामा एकैदिन प्रदर्शन हुने

चलचित्र ‘नाङ्गो गाउँ’ नेपाल र अष्ट्रेलियामा एकैदिन प्रदर्शन हुने : Icon Khabar

काठमाडौँ, वैशाख १९ । चलचित्र ‘नाङ्गो गाउँ’को अष्ट्रेलिया राइट्स विक्री भएको छ । अष्ट्रेलियाको एमएसएम ईन्टरटेन्मेन्ट्सले यो फिल्मको अधिकार खरिद गरेको हो । दिपेन्द्र लामा निर्देशित फिल्मको अझै पनि २० प्रतिशत छायांकन हुन बाँकी नै छ ।

फिल्मको प्रदर्शन मिति भदौको २९ गतेलाई तोकिएको छ । फिल्मलाई अष्ट्रेलियामा पनि भदौ २९ गते नै रिलिज गर्ने योजना बनाइएको छ । निर्देशक लामाका अनुसार, उनकै निर्देशनमा तयार भएको फिल्म ‘२ नम्बरी’को भन्दा महंगो मुल्यमा यो चलचित्र अष्ट्रेलियामा विक्री भएको हो । चलचित्रको टिम, कलाकार, निर्देशकमाथि विश्वास गरेर आफूहरुले फिल्म खरिद गरेको एमएसएमका छत्र थापाले बताए ।

चलचित्र ‘नाङ्गो गाउँ’ मा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्म, वुद्दि तामाङ, रविन्द्र झा, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय छ ।

Published Date: 02 May 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग