चलचित्र ‘नाङ्गो गाउँ’ नेपाल र अष्ट्रेलियामा एकैदिन प्रदर्शन हुने

चलचित्र ‘नाङ्गो गाउँ’ नेपाल र अष्ट्रेलियामा एकैदिन प्रदर्शन हुने : Icon Khabar

काठमाडौँ, वैशाख १९ । चलचित्र ‘नाङ्गो गाउँ’को अष्ट्रेलिया राइट्स विक्री भएको छ । अष्ट्रेलियाको एमएसएम ईन्टरटेन्मेन्ट्सले यो फिल्मको अधिकार खरिद गरेको हो । दिपेन्द्र लामा निर्देशित फिल्मको अझै पनि २० प्रतिशत छायांकन हुन बाँकी नै छ ।

फिल्मको प्रदर्शन मिति भदौको २९ गतेलाई तोकिएको छ । फिल्मलाई अष्ट्रेलियामा पनि भदौ २९ गते नै रिलिज गर्ने योजना बनाइएको छ । निर्देशक लामाका अनुसार, उनकै निर्देशनमा तयार भएको फिल्म ‘२ नम्बरी’को भन्दा महंगो मुल्यमा यो चलचित्र अष्ट्रेलियामा विक्री भएको हो । चलचित्रको टिम, कलाकार, निर्देशकमाथि विश्वास गरेर आफूहरुले फिल्म खरिद गरेको एमएसएमका छत्र थापाले बताए ।

चलचित्र ‘नाङ्गो गाउँ’ मा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्म, वुद्दि तामाङ, रविन्द्र झा, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 May 2023
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने