नेटवर्कका तारहरु जथाभावी नकाट्न देशभरका स्थानीय तहलाई सङ्घीय मामिला मन्त्रालयद्वारा परिपत्र जारी

नेटवर्कका तारहरु जथाभावी नकाट्न देशभरका स्थानीय तहलाई सङ्घीय मामिला मन्त्रालयद्वारा परिपत्र जारी : Icon Khabar

काठमाडौं, वैशाख १८ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दूरसञ्चार सेवा प्रदायक कम्पनीले जोडिएका नेटवर्कका तारहरु जथाभावी नकाट्न देशभरका स्थानीय तहलाई परिपत्र जारी गरेको छ ।

नेपाल टेलिकमले सहरी सौन्दर्य कायम गर्ने नाममा स्थानीय तहले जथाभावी नेटवर्क र इन्टरनेटका तार काट्न थालेको भन्दै समन्वय गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमार्फत सहयोग गर्न आग्रह गरेको थियो ।

टेलिकमको सोही पत्रअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङ्घीय मामिला मन्त्रालयलाई स्थानीय तहसँग समन्वय गरी समस्या समाधान गर्न आग्रह गरेको थियो ।

‘काठमाडौं महानगरपालिकासहित विभिन्न स्थानीय तहले सहरी सौन्दर्य कायम राख्न यस कम्पनीले विस्तारित नेटवर्कको तार जथाभावी काटिरहेका छन्, जसले गर्दा कम्पनीले दिने टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा अवरुद्ध भइरहेको छ । ग्राहक सेवाबाट वञ्चित भइरहेका छन्,’ पत्रमा भनिएको छ ।

स्थानीय तहले काटेको केबल नेटवर्क पुनःस्थापना गर्न विदेशबाट ठूलो परिमाणमा केबुल आयात गर्नुपर्ने भएकाले सेवा नियमित गर्न बढी समय र खर्च लाग्ने पत्रमा उल्लेख छ ।

सहरी सौन्दर्यीकरणको काम गर्दा कम्पनीको स्थानीय कार्यालयसँग समन्वय गर्न पनि भनिएको छ ।

Published Date: 01 May 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर