नेटवर्कका तारहरु जथाभावी नकाट्न देशभरका स्थानीय तहलाई सङ्घीय मामिला मन्त्रालयद्वारा परिपत्र जारी

नेटवर्कका तारहरु जथाभावी नकाट्न देशभरका स्थानीय तहलाई सङ्घीय मामिला मन्त्रालयद्वारा परिपत्र जारी : Icon Khabar

काठमाडौं, वैशाख १८ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दूरसञ्चार सेवा प्रदायक कम्पनीले जोडिएका नेटवर्कका तारहरु जथाभावी नकाट्न देशभरका स्थानीय तहलाई परिपत्र जारी गरेको छ ।

नेपाल टेलिकमले सहरी सौन्दर्य कायम गर्ने नाममा स्थानीय तहले जथाभावी नेटवर्क र इन्टरनेटका तार काट्न थालेको भन्दै समन्वय गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमार्फत सहयोग गर्न आग्रह गरेको थियो ।

टेलिकमको सोही पत्रअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङ्घीय मामिला मन्त्रालयलाई स्थानीय तहसँग समन्वय गरी समस्या समाधान गर्न आग्रह गरेको थियो ।

‘काठमाडौं महानगरपालिकासहित विभिन्न स्थानीय तहले सहरी सौन्दर्य कायम राख्न यस कम्पनीले विस्तारित नेटवर्कको तार जथाभावी काटिरहेका छन्, जसले गर्दा कम्पनीले दिने टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा अवरुद्ध भइरहेको छ । ग्राहक सेवाबाट वञ्चित भइरहेका छन्,’ पत्रमा भनिएको छ ।

स्थानीय तहले काटेको केबल नेटवर्क पुनःस्थापना गर्न विदेशबाट ठूलो परिमाणमा केबुल आयात गर्नुपर्ने भएकाले सेवा नियमित गर्न बढी समय र खर्च लाग्ने पत्रमा उल्लेख छ ।

सहरी सौन्दर्यीकरणको काम गर्दा कम्पनीको स्थानीय कार्यालयसँग समन्वय गर्न पनि भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 May 2023
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने