नेपाल प्रहरीलाई राष्ट्र र जनताको भावनाका साथ काम गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन

नेपाल प्रहरीलाई राष्ट्र र जनताको भावनाका साथ काम गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन : Icon Khabar

जनकपुरधाम, वैशाख १८ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई राष्ट्र र जनताको सेवा गर्ने प्रहरी प्रशासनको भावनाका साथ काम गर्न निर्देशन दिएका छन् ।

सुरक्षा सम्बन्धी बैठकमा सहभागी भई आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले आपराधिक गतिविधि नियन्त्रणका लागि उच्च मनोबल र दृढ संकल्पका साथ काम गर्न सुरक्षा निकायलाई आग्रह गरे ।

उनले अपराध नियन्त्रण, लागुऔषध दुरुपयोग, महिला हिंसा र जातीय विभेदमा शून्य सहनशीलताको नीति अवलम्बन गर्न सबै पक्षलाई आग्रह गरे ।

“अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न हामी सबैको सामूहिक प्रयास आवश्यक छ। ऋणपीडित, महिला, दलित तथा सीमान्तकृत वर्ग र समुदायको न्यायका लागि दृढ अडान लिन सबैमा आग्रह गर्दछु,” उपप्रधानमन्त्रीले भने ।

कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख नेपाल राजु अर्याल, मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी) जनक भट्टराई, आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको उपस्थिति रहेको थियो । धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मधेस प्रदेशका प्रशासन कार्यालयहरु र अन्य पदाधिकारीहरुको उपस्थिति रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 May 2023
Website | + posts