नेपाल प्रहरीलाई राष्ट्र र जनताको भावनाका साथ काम गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन

नेपाल प्रहरीलाई राष्ट्र र जनताको भावनाका साथ काम गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन : Icon Khabar

जनकपुरधाम, वैशाख १८ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई राष्ट्र र जनताको सेवा गर्ने प्रहरी प्रशासनको भावनाका साथ काम गर्न निर्देशन दिएका छन् ।

सुरक्षा सम्बन्धी बैठकमा सहभागी भई आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले आपराधिक गतिविधि नियन्त्रणका लागि उच्च मनोबल र दृढ संकल्पका साथ काम गर्न सुरक्षा निकायलाई आग्रह गरे ।

उनले अपराध नियन्त्रण, लागुऔषध दुरुपयोग, महिला हिंसा र जातीय विभेदमा शून्य सहनशीलताको नीति अवलम्बन गर्न सबै पक्षलाई आग्रह गरे ।

“अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न हामी सबैको सामूहिक प्रयास आवश्यक छ। ऋणपीडित, महिला, दलित तथा सीमान्तकृत वर्ग र समुदायको न्यायका लागि दृढ अडान लिन सबैमा आग्रह गर्दछु,” उपप्रधानमन्त्रीले भने ।

कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख नेपाल राजु अर्याल, मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी) जनक भट्टराई, आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको उपस्थिति रहेको थियो । धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मधेस प्रदेशका प्रशासन कार्यालयहरु र अन्य पदाधिकारीहरुको उपस्थिति रहेको जानकारी दिए ।

Published Date: 01 May 2023


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली