एसियन लाइफको लाभांश प्रस्ताव पारित हुँदै

एसियन लाइफको लाभांश प्रस्ताव पारित हुँदै : Icon Khabar

काठमाडौं, वैशाख १८ । एसियन लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा आज वैशाख १८ गते सोमबार बस्दैछ । साधारण सभा होटल क्लासिक सिमरा, बारामा बिहान ११:३० बजे सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ८.५०% बोनस सेयर र कर तिर्न ०.४४७% नगद गरी कुल ८.९४७% लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँबाट बढाएर ६ अर्ब रुपैयाँ पुर्याउन प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि एसियन लाइफले वैशाख ८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ७ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 May 2023
Website | + posts


ताजा
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग