लो ब्लड प्रेसरको समस्या छ ? यी कुराहरुमा ध्यान दिनुस

लो ब्लड प्रेसरको समस्या छ ? यी कुराहरुमा ध्यान दिनुस : Icon Khabar

काठमाडौं, वैशाख १६ । उच्च रक्तचाप अर्थात हाई बिपी जस्तै लो बिपी पनि खतरनाक हुन्छ । अहिलेको दौडधुप तथा तनावयुक्त जिन्दगीमा ब्लड प्रेसरको समस्या हुनु सामान्य कुरा भएको छ ।

यदि तपाईँको ब्लड प्रेसर पनि लामो समयसम्म सामान्य स्तरभन्दा कम भयो भने तपाईँ तुरुन्त सतर्क हुनु आवश्यक हुन्छ । किनभने ब्लड प्रेसर कम हुने अथवा लो बीपी हुँदा रगत हाम्रो शरीरमा राम्रोसंग सञ्चार हुँदैन ।

लो ब्लड प्रेशर हुँदा रिँगटा लाग्नु, अँध्यारो देख्नु, हात–खुट्टा चिसो हुनु, केहि समयका लागि बेहोस हुनु र सुत्दा–उठ्दा तथा उभिँदा ब्लड प्रेसरको स्तरमा परिवर्तन हुनु आदि । यसका साथै हृदयघात अथवा स्ट्रोकजस्ता अन्य गम्भिर समस्या हुनु ।

स्वस्थ्य मानिसको बिपीको स्तर १२०/८० एमएमएचजी अथवा यसको वरपर हुनु आवश्यक छ । यदि ब्लड प्रेसर ९०/६० भन्दा पनि कम छ भने यो अवस्थालाई ब्लड प्रेसर लो मानिन्छ । लो ब्लड प्रेसर भएका व्यक्तिले तुरुन्त डाक्टरसंग उचित सल्लाह लिएर आफ्नो खानपानमा परिवर्तन गर्न र आवश्यक औषधिको सहायताले आफ्नो प्रेसरलाई सामान्य बनाउने कोशिश गर्नु पर्छ ।

ध्यान दिनु पर्ने कुरा

– गोलभेडाको रसमा थोरै मरिच र नुन हालेर सेवन गर्नु पर्छ । यसो गर्नाले लो ब्लड प्रेसरमा लाभ प्राप्त हुन्छ ।
लो ब्लड प्रेसरलाई सामान्य बनाउनका लागि दिनहुँ बिहान–बेलुका चुकन्दरको रस सेवन अति फाइदाजनक हुन्छ । चुकन्दरको सेवनले एक हप्तामा नै लो ब्लड प्रेशरमा सुधार आउँछ ।

– मोहिमा नुन, भुटेको जीरा र हीङ मिसाएर पिउनाले लो ब्लड प्रेसर नियन्त्रित हुन्छ ।

– दालचीनीको धुलोलाई दिनहुँ तातो पानीसंग सेवन गर्नाले लो ब्लड प्रेसरको समस्यामा लाभ प्राप्त हुन्छ । यसलाई दिनहुँ विहान बेलुका सेवन गर्नु पर्छ ।

– ५० ग्राम लोकल चना र १० ग्राम किसमिसलाई राति १०० ग्राम पानीमा कुनै पनि काँचको भाँडामा राख्नु पर्छ । बिहान चना र किसमिसलाई राम्रोसंग चपाएर खानु पर्छ र भिजाएर बाँकी राखिएको पानी पिउनु पर्छ । किसमिस मात्रको प्रयोग पनि गर्न सकिन्छ ।

– गाजरको २०० ग्राम रसमा एक चौथाई पालुगोको रस मिसाएर पिउनाले ब्लड प्रेशरमा ५० भन्दा कम छ भने गाजर सेवन लाभदायक हुन्छ ।

– यसबाहेक अदुवाको स–साना टुक्रा पारेर कागतीका रस र बिरे नुन मिलाएर राख्नु पर्छ । उक्त मिश्रणलाई दिनहुँ खाना खानु अगाडि थोरै मात्रामा खानु पर्छ । दिनभरीमा ३ देखि ४ पटक यो मिश्रणको सेवन गर्न सकिन्छ । यसो गर्नाले लो ब्लड प्रेसरको समस्या केहि दिनमा नै समाप्त हुन्छ ।

– लो ब्लड प्रेसरका कारण यदि रिँगटा लाग्ने समस्या छ भने अमलाको रसमा मह मिसाएर खानाले छिट्टै राहत मिल्छ । अमलाको मुरब्बा पनि ब्लड प्रेसरका रोगिका लाग एउटा राम्रो विकल्प हो ।

– खजुरलाई दुधमा मोलेर पिउनाले पनि लो ब्लड प्रेशरको समस्यामा लाभदायक हुन्छ ।

– माथि उल्लेख गरिएको उपायसंगै लो ब्लड प्रेसरका रोगीले पोषकतत्वले भरिपूर्ण भोजन गर्नुका साथै हिँड्ने र व्यायाम गर्नु अति लाभदायक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 April 2023
Website | + posts
ताजा
निरन्तर छैठौँ कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता