लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदै

लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदै : Icon Khabar

काठमाडौं, वैशाख १४ । लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज अपराह्न ४ बजे सकिँदैछ ।

प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार साँझ संविधानको धारा १६८ बमोजिम सरकार गठन गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुखको आह्वानसँगै प्रदेशसभाका विपक्षी दल नयाँ सरकारको नेतृत्वका लागि आन्तरिक छलफलमा जुटेका छन् । गठबन्धनबीच मंगलबार र बुधबार छलफल भए पनि नयाँ सरकार र नेतृत्वका विषयमा सहमति हुन सकेको छैन ।

एक महिनाअघि प्रमुख प्रतिपक्षी दलहरुले नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए । उनीहरुले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन हुनुपर्ने दाबी समेत गरेका छन् । तर माओवादी केन्द्र दोस्रो कार्यकालका लागि मनाउन नसकेपछि बुधबार पनि सहमति हुन सकेन ।

कांग्रेस प्रमुख सचेतक जन्मदेव तिमिलसेनाले प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको समयावधिभित्र सरकारको नेतृत्वमा दाबी गर्ने तयारी भइरहेको बताए ।

प्रमुख सचेतक तिमिल्सेनाले वाम गठबन्धन दलहरूबीच सत्ता बाँडफाँडको विषयमा विभिन्न चरणमा छलफल भए पनि समाधान हुन नसकेको संकेत गरे । उनले नयाँ सरकारका लागि दाबी राखेर वार्ताबाटै समस्या समाधान हुने दाबी गरे ।

नेकपा एमाले संसदीय दलका नेता एवम् मुख्यमन्त्री लीला गिरीले सोमबार प्रदेशसभामा विश्वासको मत जित्न नसकेपछि एमाले नेतृत्वको सरकार ढल्यो । संविधानको धारा १८६ को उपधारा २ बमोजिम गिरीलाई माघ ११ गते मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 April 2023
Website | + posts






ताजा
अण्डाको बाकस बालेर लामखुट्टे भगाउने प्रयास गर्नुहुन्छ ? सावधान
अमेरिकामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुग्यो
काठमाडौँ महानगरपालिकाद्वारा सडकमा फोहोर गर्ने एक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना
भारतमा रोयटर्सको आधिकारिक एक्स अकाउन्ट प्रतिबन्ध








ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न