लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदै

लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदै : Icon Khabar

काठमाडौं, वैशाख १४ । लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज अपराह्न ४ बजे सकिँदैछ ।

प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार साँझ संविधानको धारा १६८ बमोजिम सरकार गठन गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुखको आह्वानसँगै प्रदेशसभाका विपक्षी दल नयाँ सरकारको नेतृत्वका लागि आन्तरिक छलफलमा जुटेका छन् । गठबन्धनबीच मंगलबार र बुधबार छलफल भए पनि नयाँ सरकार र नेतृत्वका विषयमा सहमति हुन सकेको छैन ।

एक महिनाअघि प्रमुख प्रतिपक्षी दलहरुले नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए । उनीहरुले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन हुनुपर्ने दाबी समेत गरेका छन् । तर माओवादी केन्द्र दोस्रो कार्यकालका लागि मनाउन नसकेपछि बुधबार पनि सहमति हुन सकेन ।

कांग्रेस प्रमुख सचेतक जन्मदेव तिमिलसेनाले प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको समयावधिभित्र सरकारको नेतृत्वमा दाबी गर्ने तयारी भइरहेको बताए ।

प्रमुख सचेतक तिमिल्सेनाले वाम गठबन्धन दलहरूबीच सत्ता बाँडफाँडको विषयमा विभिन्न चरणमा छलफल भए पनि समाधान हुन नसकेको संकेत गरे । उनले नयाँ सरकारका लागि दाबी राखेर वार्ताबाटै समस्या समाधान हुने दाबी गरे ।

नेकपा एमाले संसदीय दलका नेता एवम् मुख्यमन्त्री लीला गिरीले सोमबार प्रदेशसभामा विश्वासको मत जित्न नसकेपछि एमाले नेतृत्वको सरकार ढल्यो । संविधानको धारा १८६ को उपधारा २ बमोजिम गिरीलाई माघ ११ गते मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

Published Date: 27 April 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु