सदस्य–सचिव घिसिङद्वारा सिन्थेटिक ट्रयाकको शिलान्यास

सदस्य–सचिव घिसिङद्वारा सिन्थेटिक ट्रयाकको शिलान्यास : Icon Khabar

नेपालगन्ज, बैशाख १० । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपालगन्ज रंगशालामा सिन्थेटिक ट्रयाकको आइतबार शिलान्यास गरेका छन् ।

सिन्थेटिक ट्रयाक निर्माणको जिम्मेवारी पञ्चकन्या/सिन्कोट्स, कुपण्डोल, ललितपुरले पाएको छ । सम्झौता अनुसार पञ्चकन्या/सिन्कोट्सले १० महिनामा निर्माण कार्य सम्पन्न गर्नु पर्ने छ । सिन्थेटिक ट्रयाकको लागत ११ करोड ६४ लाख ६४ हजार १ सय ४० रुपैयाँ ३९ पैसा रहेको छ । यहि नेपालगन्ज रंगशलामा आठौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन कार्यक्रमसंगै फुटबल खेल भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–घिसिङले लुम्बिनी प्रदेश एथलेटिक्समा इतिहास बोकेको प्रदेश भएको बताउदै एथलेटिक्स खेलाडी उत्पादनका लागि पनि उर्वर प्रदेश भएको धारणा व्यक्त गरे ।

‘एथलेटिक्समा लुम्बिनी प्रदेश इतिहास बोकेको प्रदेश हो । १२ औं राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी समग्रमा टिम च्याम्पियन बन्दा त्यसको मुख्य आधार भनेको लुम्बिनीले एथलेटिक्समा प्राप्त गरेको पदक नै थियो ।’ सदस्य–सचिव घिसिङले भने– ‘लुम्बिनी एथलेटिक्सका लागि सम्भावना भएको प्रदेश मात्र  होइन । विगतका नतिजाले पनि लुम्बिनी एथलेटिक्सका लागि उर्वर प्रदेश हो भन्नेमा दुई मत रहेन ।’

सदस्य–सचिव घिसिङले नेपालगन्जमा पनि कम्तीमा एउटा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गर्न सकिने र लुम्बिनीबाट उत्पादन भएका खेलाडीले आफ्नै प्रदेशमा अभ्यास गर्ने अवसर पाउन भन्ने उद्देश्यले पनि परिषद्ले सिन्थेटिक ट्रयाक निर्माण गर्न लागेको बताए ।

उनले निर्माण सम्पन्न गर्ने अवधि १० महिना रहेकोले जिम्मेवारी पाएको संस्थाले समयमै निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।

‘निर्माण अवधि जम्मा १० महिना राखेका छौं । मलाई विश्वास छ जिम्मेवारी पाएको संस्थाले समयमै सकाउने छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘मैलै म्याद थप्नु पर्ने स्थिति बनाउनु हुने छैन । र, म म्याद थप्नका लागि तयार पनि छैन ।’

सिन्थेटिक ट्रयाकको शिलान्यासपछि सदस्य–सविच घिसिङले नेपालगन्ज रंगशाला हातामा रहेको पौडी पोखरीलगायत अन्य पूर्वाधारको निरीक्षण पनि गरेका थिए ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुमित्रा चौधरी, अन्जन धमला, दिपेन्द्र विष्ट लगायतको उपस्थिति रहेको थियो ।

Published Date: 23 April 2023
Website | + posts




















ताजा
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?