प्रिन्स र रशिलाले एशिया च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

प्रिन्स र रशिलाले एशिया च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने : Icon Khabar

काठमाडौँ, वैशाख १० । ब्याडमिन्टनका उदियमान खेलाडी द्वय प्रिन्स दाहाल र रशिला महर्जनले मित्र राष्ट्र युएईको दुवईमा आयोजना हुने ब्याडमिन्टन एशिया च्याम्पियनसिप २०२३ मा प्रतिस्पर्धा गर्ने भएका छन् ।

बैशाख १२ देखि १७ गते (अप्रिल २५ देखि ३०) सम्म आयोजना हुने उत्कृष्ट मध्यको एक च्याम्पियनसिप सुपर सेरिज १००० नामाकरण रहेको च्याम्पियनसिपमा नेपालले पुरुष एकल, महिला एकल र मिक्स जोडीमा गरि तीन विधामा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।

उक्त प्रतियोगितामा राष्ट्रिय रेफ्रि अनुप रत्न शाक्यले निर्णयकको भूमिका निर्वाह गर्ने समेत अध्यक्ष श्रेष्ठले बताए ।

आईतबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला ‘ज्वाला’ ले खेलाडी तथा निर्णायकलाई शुभकामना सहित बिदाई गरे । बिदाईका क्रममा उपाध्यक्ष कोईरालाले नेपालका उच्च श्रेणीका ब्यक्तिहरुले समेत प्रिन्सलाई पुरस्कार प्रदान गर्न लालायित रहने भन्दै त्यस सम्मानलाई कायम राख्दै सहभागिताका लागि मात्र खेल्न नभई उत्कृष्ट नतिजा ल्याउनेमा आफु बिश्वस्त रहेको बताए ।
परिक्षाका कारण विदाई कार्यक्रममा रशिलाको उपस्थिती रहेन ।

बिदाई कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, महासचिव विरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष, अनुज बस्नेत, सदस्य छबीलाल शाही, प्रमुख प्रशिक्षक सुदीप योन्जन, बागमती प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष रुद्र बहादुर थिङ्गको उपस्थिती रहेको थियो ।
टोली आजै त्यस दुवई प्रश्थान गर्ने कार्यक्रम रहेको छ ।

Published Date: 23 April 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक