भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघले सार्वजनिक गर्यो नव वर्ष २०८० को क्यालेन्डर

भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघले सार्वजनिक गर्यो नव वर्ष २०८० को क्यालेन्डर : Icon Khabar

भक्तपुर, वैशाख ६ । भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघद्वारा नव वर्ष २०८० को शुभकामना आदान प्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रम आयोजना गरेको छ। शुक्रबार भक्तपुरको तिसा ईनमा भएको सो कार्यक्रममा संघका कार्यसमिति पदाधिकारी, सदस्यहरु लगायत सल्लाहकारहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्ष गंगाराम मानन्धरले संघका पूर्व अध्यक्ष एवं सल्लाहकार रोशन भोयोद्योलाई नेपाल जग्गा तथा आवास विकास महासंघको कोषाध्यक्ष पदमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका थिए।

नव वर्ष २०८० को लागि संघले प्रकाशित गरेको क्यालेन्डरलाई उपस्थित सम्पूर्णले एकैसाथ विमोचन गरेका थिए।

कार्यक्रममा संघका सचिव एवं क्यालेन्डर कार्यक्रम संयोजक अल्बर्ट बज्राचार्यले स्वागत मन्तव्य दिएका थिए। उक्त कार्यक्रममा संघका संस्थापक अध्यक्ष न्हुछे रत्न मानन्धर, नि वर्तमान अध्यक्ष माधव प्रसाद प्रजापति, सल्लाहकार शिव प्रसाद मानन्धर, श्याम कृष्ण मानन्धर, पूर्व अध्यक्ष श्याम प्रसाद मानन्धर, पुण्यराम खाताखो लगायतको उपस्थिति रहेको थियो।

संघका महा-सचिव राम प्रसाद खर्बुजाले संचालन गरेको सो कार्यक्रम अध्यक्ष गंगाराम मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो।

Published Date: 21 April 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख १७ गते बिहिबार
बिहीबार परेको वर्षाका कारण अवरुद्ध भएको अरनिको राजमार्ग अझै खुल्न सकेन
राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
त्रिभुवन विश्वविद्यालयका उपकुलपति सहित सबै पदाधिकारीको सामूहिक राजीनामा










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा