राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा सुजन र वियंकालाई स्वर्ण

राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा सुजन र वियंकालाई स्वर्ण : Icon Khabar

काठमाडौं, बैशाख ८ । ललितपुरका सुजन गेडाल र एभीएम टेबलटेनिस क्लबकी वियंका राईल दोश्रो संस्करणको विविध खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । यु–१९ सिंगल्सको ब्वाइजमा सुजन तथा गल्र्समा वियंकाले स्वर्ण जितेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको ब्वाइजमा ललितपुरका विशाल गोले दोश्रो तथा मोरङका विश्व बानियाँ र स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका गनञ्जय दाहाल तेश्रो भए । गल्र्समा एभीएमकी इभाना थापा तथा मोर्डन कलेजकी दिया देउला र सुनसरीकी अन्जलीकुमारी ठाकुर तेश्रो बने ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–१५ ब्वाइज सिंगल्समा सुनसरीका सिद्धार्थ तामाङ पहिलो, बुटवल टेबलटेनिस एकेडेमीका सौरव खड्का दोश्रो तथा एभीएमका एरिश शाक्य र गल्कोपाखा समाज सेवाका आर्यन शाही तेश्रो भए ।

उक्त स्पर्धाको गल्र्समा स्ट्यागकी सुस्मिता खड्काले स्वर्ण, नेपाल प्रहरीकी शुभश्री श्रेष्ठले रजत तथा प्रभातकी करिना सुवाल र सुनसरीकी सुलेखाकुमारी ठाकुरले कांस्य जिते । चारै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ८ हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई काठमाडौं महानगरपालिककी मेयर सुनिता डंगोल, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्य, प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य, आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्य र उपमहासचिव सुवर्ण श्रेष्ठ, आयोजक एकेडेमीअन्तर्गत टेबलटेनिस विभागका प्रमुख महेन्द्र लिगललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । आयोजकका अनुसार तीनदिने प्रतियोगितामा १ सय ६० खेलाडी सहभागी थिए ।

यसै प्रतियोगिताबाट भारतको अरुणाचल प्रदेशमा हुने दक्षिण एसियाली टेबलटेनिस प्रतियोगिताका लागि १२ खेलाडी छनोट गरिने विभाग प्रमुख लिगलले जनाएका छन् ।

Published Date: 21 April 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख १७ गते बिहिबार
बिहीबार परेको वर्षाका कारण अवरुद्ध भएको अरनिको राजमार्ग अझै खुल्न सकेन
राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
त्रिभुवन विश्वविद्यालयका उपकुलपति सहित सबै पदाधिकारीको सामूहिक राजीनामा










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा