सरकारद्वारा मेलम्ची खानेपानी विकास बोर्ड पुन: गठन

सरकारद्वारा मेलम्ची खानेपानी विकास बोर्ड पुन: गठन : Icon Khabar

काठमाडौं, वैशाख ७ । सरकारले मेलम्ची खानेपानी विकास बोर्डलाई पुनर्जीवित गरेको छ । हालै जारी मेलम्ची खानेपानी विकास समिति (गठन) आदेश–२०७९ मा बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड गठन गरेको हो ।

मेलम्ची खानेपानी विकास बोर्डले चालु आर्थिक वर्षको बजेट खारेज गरेपछि आयोजनाको बाँकी काम अलपत्र परेको थियो । जसका कारण कार्यरत मेलम्ची खानेपानी विकास बोर्ड शक्तिविहीन बनेको छ ।

समितिले सञ्चालित काम खानेपानी तथा ढल निकास व्यवस्थापन विभाग मातहत हुने बजेटमा भनिए पनि त्यसो हुन सकेको छैन ।

भर्खरै सरकारले नयाँ गठन आदेश जारी गर्दै मेलम्ची खानेपानी आयोजनाको गाँठो सफा गरेको छ । तर, सरकारले मेलम्ची खानेपानी विकास बोर्डमा आफ्नो पकड बढाउन नयाँ व्यवस्था गरेको छ ।

समितिको सञ्चालक समितिमा आयोजना प्रभावित क्षेत्रका स्थानीय तहबाट एकजना र मेलम्चीको खानेपानीका लाभग्राही स्थानीय तहबाट एकजनालाई खानेपानी मन्त्रालयले छनोट गरी नियुक्ति गर्न सक्ने व्यवस्था गरिएको छ ।

Published Date: 20 April 2023


ताजा
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग