सरकारद्वारा मेलम्ची खानेपानी विकास बोर्ड पुन: गठन

सरकारद्वारा मेलम्ची खानेपानी विकास बोर्ड पुन: गठन : Icon Khabar

काठमाडौं, वैशाख ७ । सरकारले मेलम्ची खानेपानी विकास बोर्डलाई पुनर्जीवित गरेको छ । हालै जारी मेलम्ची खानेपानी विकास समिति (गठन) आदेश–२०७९ मा बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड गठन गरेको हो ।

मेलम्ची खानेपानी विकास बोर्डले चालु आर्थिक वर्षको बजेट खारेज गरेपछि आयोजनाको बाँकी काम अलपत्र परेको थियो । जसका कारण कार्यरत मेलम्ची खानेपानी विकास बोर्ड शक्तिविहीन बनेको छ ।

समितिले सञ्चालित काम खानेपानी तथा ढल निकास व्यवस्थापन विभाग मातहत हुने बजेटमा भनिए पनि त्यसो हुन सकेको छैन ।

भर्खरै सरकारले नयाँ गठन आदेश जारी गर्दै मेलम्ची खानेपानी आयोजनाको गाँठो सफा गरेको छ । तर, सरकारले मेलम्ची खानेपानी विकास बोर्डमा आफ्नो पकड बढाउन नयाँ व्यवस्था गरेको छ ।

समितिको सञ्चालक समितिमा आयोजना प्रभावित क्षेत्रका स्थानीय तहबाट एकजना र मेलम्चीको खानेपानीका लाभग्राही स्थानीय तहबाट एकजनालाई खानेपानी मन्त्रालयले छनोट गरी नियुक्ति गर्न सक्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 April 2023
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने