प्रधानमन्त्री दाहाल र तीन पूर्वप्रधानमन्त्रीले आज चितवनमा चुनावी सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री दाहाल र तीन पूर्वप्रधानमन्त्रीले आज चितवनमा चुनावी सभालाई सम्बोधन गर्ने : Icon Khabar

काठमाडौं, वैशाख ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल र तीन पूर्वप्रधानमन्त्रीले आज चितवनमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरी वाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभा पूर्वी चितवनको कालिका नगरपालिका–४ मा भइरहेको नेपाली काँग्रेस चितवनका सचिव सूर्य अर्यालले जानकारी दिए ।

सभालाई प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्रीहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मा र डा शेखर कोइरालाले पनि सम्बोधन गर्ने छन् । सभास्थलमा प्रधानमन्त्री दाहाल हेलिकप्टरबाट अवतरण गर्ने र सम्बोधन गरेलगत्तै सिधै काठमाडौं फर्किने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 April 2023
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने