प्रधानमन्त्री दाहाल र तीन पूर्वप्रधानमन्त्रीले आज चितवनमा चुनावी सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री दाहाल र तीन पूर्वप्रधानमन्त्रीले आज चितवनमा चुनावी सभालाई सम्बोधन गर्ने : Icon Khabar

काठमाडौं, वैशाख ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल र तीन पूर्वप्रधानमन्त्रीले आज चितवनमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरी वाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभा पूर्वी चितवनको कालिका नगरपालिका–४ मा भइरहेको नेपाली काँग्रेस चितवनका सचिव सूर्य अर्यालले जानकारी दिए ।

सभालाई प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्रीहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मा र डा शेखर कोइरालाले पनि सम्बोधन गर्ने छन् । सभास्थलमा प्रधानमन्त्री दाहाल हेलिकप्टरबाट अवतरण गर्ने र सम्बोधन गरेलगत्तै सिधै काठमाडौं फर्किने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

Published Date: 20 April 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग