आज लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने, नेपालमा कुनै दोष नपर्ने

आज लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने, नेपालमा कुनै दोष नपर्ने : Icon Khabar

काठमाडौं, वैशाख ७ । वैशाख शुक्ल औँसी अर्थात् आज लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार यो ग्रहण नेपालबाट नदेखिने भएका कारण यसको नेपालमा कुनै दोष पर्दैन ।उनले यसबाट कुनै राशिका व्यक्तिलाई अशुभ वा शुभको फल प्राप्त नहुने बताए ।

यस दिन दोष नपर्ने भएका कारण बार्नु पनि नपर्ने अधिकारीको भनाइ छ । आगामी कार्तिक ११ गते पूर्णिमाका दिन लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिने उनको भनाइ छ । आज लाग्ने ग्रहण चीन, मङ्गोलियालगायत देशबाट मात्र देखिने अधिकारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 April 2023
Website | + posts