कर्णाली प्रदेशमा मन्त्रालयको संख्या आठ पुग्यो

कर्णाली प्रदेशमा मन्त्रालयको संख्या आठ पुग्यो : Icon Khabar

वीरेन्द्रनगर, वैशाख ६ । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या आठ पुगेको छ । तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को गठबन्धन सरकारले गत माघ ११ गते प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाएर सात बनाएको थियो ।

मङ्गलबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशमा मन्त्रालयको सङ्ख्या परिमार्जन गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

प्रदेश सरकारको कार्य महाशाखाको अनुसूची १ र २ मा परिवर्तन गरी भौतिक पूर्वाधार तथा जलस्रोत मन्त्रालयलाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र ऊर्जा तथा जलस्रोत मन्त्रालय गरी दुईवटा मन्त्रालयमा विभाजन गरिएको छ ।

त्यसअनुसार भौतिक पूर्वाधार मन्त्रालयको १३ र ऊर्जा तथा जलस्रोत मन्त्रालयको १२ जिम्मेवारी रहेको छ ।

बैठकले प्रादेशिक सडक विधेयक तर्जुमा गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको मन्त्री जिसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 April 2023
Website | + posts




ताजा
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौँमा अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने