कर्णाली प्रदेशमा मन्त्रालयको संख्या आठ पुग्यो

कर्णाली प्रदेशमा मन्त्रालयको संख्या आठ पुग्यो : Icon Khabar

वीरेन्द्रनगर, वैशाख ६ । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या आठ पुगेको छ । तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को गठबन्धन सरकारले गत माघ ११ गते प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाएर सात बनाएको थियो ।

मङ्गलबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशमा मन्त्रालयको सङ्ख्या परिमार्जन गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

प्रदेश सरकारको कार्य महाशाखाको अनुसूची १ र २ मा परिवर्तन गरी भौतिक पूर्वाधार तथा जलस्रोत मन्त्रालयलाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र ऊर्जा तथा जलस्रोत मन्त्रालय गरी दुईवटा मन्त्रालयमा विभाजन गरिएको छ ।

त्यसअनुसार भौतिक पूर्वाधार मन्त्रालयको १३ र ऊर्जा तथा जलस्रोत मन्त्रालयको १२ जिम्मेवारी रहेको छ ।

बैठकले प्रादेशिक सडक विधेयक तर्जुमा गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको मन्त्री जिसीले बताए ।

Published Date: 19 April 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग