पुलिसमाथि जावलाखेलको गोल वर्षा

पुलिसमाथि जावलाखेलको गोल वर्षा : Icon Khabar

काठमाडौं, वैशाख ६ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा रहेको जावलाखेल युथ क्लबले पुछारमा रहेको विभागीय नेपाल पुलिस क्लबमाथि गोल वर्षा गर्दै सानदार जित दर्ता गरेको छ । च्यासल मैदान बुधबार भएको खेलमा जावलाखेलले १० खेलाडीमा समेटिएको पुलिसमाथि ६–१ को एकपक्षीय जित निकालेको हो ।

जावलाखेलको जितमा हिसव थपलिया र एनकोटो मासोएवीले समान दुई तथा फोडे फोफाना र अब्दुलअजिजले समान एक गोल थपे । पुलिसका मोसेस एक गोल फर्काए । गोलको वर्षा भएको खेलको ३०औं मिनेटमा फोडे फोफानाले पेनाल्टीमा गोल गर्दै जावलाखेललाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

हिसव थपलियाको कर्नरमा एनकोटोको हेडरले गोललाइन क्रस गर्नै लाग्दा कप्तान रामचन्द्र वाजीले हातले बल रोकेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

१० खेलाडीमा समेटिएको पुलिस त्यसपछि भने निरिह बन्दा फराकिलो हार बेहोर्न पुग्यो । ५१औं मिनेटमा हिसव थपलियाले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे । ६५औं मिनेटमा एनकोटोले गोल गरेपछि जावलाखेल खेलमा ३–० ले अघि बढ्यो ।

८१औं मिनेटमा एनकोटोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि एपिएफ खेलमा ४–० ले अघि बढ्यो । ८४औं मिनेटमा हिसवले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरेपछि जावलाखेल सहज जिततर्फ अग्रसर बन्यो ।

८८औं मिनेटमा मोसेसले गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा अब्दुलअजिजले गोल गर्दै जावलाखेललाई ६–१ को सानदार जित दिलाए ।

यस जितसँगै जावलाखेलले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ । ६ जित, २ बराबरी र २ हारको नतिजा निकालेको जावलाखेलको २० अंक पुगेको छ । एक खेल कम खेलेको सातदोबाटोको १७ अंक छ । पराजित पुलिस १० खेलबाट ५ अंक जोडेर पुछारमा रहँदा रेलिगेसन दवाव झनै बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 April 2023
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल