पुलिसमाथि जावलाखेलको गोल वर्षा

पुलिसमाथि जावलाखेलको गोल वर्षा : Icon Khabar

काठमाडौं, वैशाख ६ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा रहेको जावलाखेल युथ क्लबले पुछारमा रहेको विभागीय नेपाल पुलिस क्लबमाथि गोल वर्षा गर्दै सानदार जित दर्ता गरेको छ । च्यासल मैदान बुधबार भएको खेलमा जावलाखेलले १० खेलाडीमा समेटिएको पुलिसमाथि ६–१ को एकपक्षीय जित निकालेको हो ।

जावलाखेलको जितमा हिसव थपलिया र एनकोटो मासोएवीले समान दुई तथा फोडे फोफाना र अब्दुलअजिजले समान एक गोल थपे । पुलिसका मोसेस एक गोल फर्काए । गोलको वर्षा भएको खेलको ३०औं मिनेटमा फोडे फोफानाले पेनाल्टीमा गोल गर्दै जावलाखेललाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

हिसव थपलियाको कर्नरमा एनकोटोको हेडरले गोललाइन क्रस गर्नै लाग्दा कप्तान रामचन्द्र वाजीले हातले बल रोकेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

१० खेलाडीमा समेटिएको पुलिस त्यसपछि भने निरिह बन्दा फराकिलो हार बेहोर्न पुग्यो । ५१औं मिनेटमा हिसव थपलियाले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे । ६५औं मिनेटमा एनकोटोले गोल गरेपछि जावलाखेल खेलमा ३–० ले अघि बढ्यो ।

८१औं मिनेटमा एनकोटोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि एपिएफ खेलमा ४–० ले अघि बढ्यो । ८४औं मिनेटमा हिसवले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरेपछि जावलाखेल सहज जिततर्फ अग्रसर बन्यो ।

८८औं मिनेटमा मोसेसले गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा अब्दुलअजिजले गोल गर्दै जावलाखेललाई ६–१ को सानदार जित दिलाए ।

यस जितसँगै जावलाखेलले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ । ६ जित, २ बराबरी र २ हारको नतिजा निकालेको जावलाखेलको २० अंक पुगेको छ । एक खेल कम खेलेको सातदोबाटोको १७ अंक छ । पराजित पुलिस १० खेलबाट ५ अंक जोडेर पुछारमा रहँदा रेलिगेसन दवाव झनै बढेको छ ।

Published Date: 19 April 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ