नयाँ प्रधानन्यायाधीश नियुक्तिको विषयमा बुधबार बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

नयाँ प्रधानन्यायाधीश नियुक्तिको विषयमा बुधबार बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन : Icon Khabar

काठमाडौं, वैशाख ६ । नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन बुधबार बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ । चाँडोभन्दा चाँडो नयाँ प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा छलफल भए पनि बैठकले कुनै निर्णय गर्न सकेन ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीशको नियुक्तिबारे बैठकमा छलफल भएपनि निर्णय नभएको बताए । प्रधानन्यायाधीशको नियुक्तिबारे अर्को बैठकले निर्णय गर्ने पनि उनले बताए ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना, उपसभामुख इन्दिरा राणा, उपप्रधान तथा रक्षा तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता डा. बैठकमा केपी शर्मा ओली सहभागी थिए ।

एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा गत वैशाख ३ गते बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकले संवैधानिक परिषद्को बैठक बोलाएर नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

Published Date: 19 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु