नयाँ प्रधानन्यायाधीश नियुक्तिको विषयमा बुधबार बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

नयाँ प्रधानन्यायाधीश नियुक्तिको विषयमा बुधबार बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन : Icon Khabar

काठमाडौं, वैशाख ६ । नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन बुधबार बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ । चाँडोभन्दा चाँडो नयाँ प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा छलफल भए पनि बैठकले कुनै निर्णय गर्न सकेन ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीशको नियुक्तिबारे बैठकमा छलफल भएपनि निर्णय नभएको बताए । प्रधानन्यायाधीशको नियुक्तिबारे अर्को बैठकले निर्णय गर्ने पनि उनले बताए ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना, उपसभामुख इन्दिरा राणा, उपप्रधान तथा रक्षा तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता डा. बैठकमा केपी शर्मा ओली सहभागी थिए ।

एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा गत वैशाख ३ गते बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकले संवैधानिक परिषद्को बैठक बोलाएर नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 April 2023
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने