राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारतको राजधानी नयाँदिल्ली लगियो

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारतको राजधानी नयाँदिल्ली लगियो : Icon Khabar

काठमाडौं, वैशाख ६ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको राजधानी नयाँदिल्ली लगिएको छ । उनलाई केही समयअघि श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारत लगिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

यसअघि मंगलबार साँझ राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । राष्ट्रपति पौडेलको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स)मा उपचार हुने भएको छ ।

चैत १८ गते सोही अस्पतालमा पेटसम्बन्धी रोगको उपचार गरी घर फर्किएका थिए ।राष्ट्रपति पौडेल लामो समयदेखि ग्यास्ट्रिकबाट पीडित थिए ।

Published Date: 19 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु