राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारतको राजधानी नयाँदिल्ली लगियो

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारतको राजधानी नयाँदिल्ली लगियो : Icon Khabar

काठमाडौं, वैशाख ६ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको राजधानी नयाँदिल्ली लगिएको छ । उनलाई केही समयअघि श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारत लगिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

यसअघि मंगलबार साँझ राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । राष्ट्रपति पौडेलको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स)मा उपचार हुने भएको छ ।

चैत १८ गते सोही अस्पतालमा पेटसम्बन्धी रोगको उपचार गरी घर फर्किएका थिए ।राष्ट्रपति पौडेल लामो समयदेखि ग्यास्ट्रिकबाट पीडित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 April 2023
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने