अन्नपूर्ण हिमालमा बेपत्ता भएकी भारतीय पर्वतारोही बलजीत कौर फेला

अन्नपूर्ण हिमालमा बेपत्ता भएकी भारतीय पर्वतारोही बलजीत कौर फेला : Icon Khabar

काठमाडौं, वैशाख ५ । अन्नपूर्ण १ मा बेपत्ता भएकी भारतीय पर्वतारोही बलजीत कौर फेला परेकी छिन्। पायोनियर एडभेन्चरका अनुसार कौरलाई उद्धार गरी आधार शिविरमा ल्याइएको छ।

‘उनीलाई छिट्टै काठमाडौं ल्याइनेछ,’ कम्पनीका निवेश कार्कीले भने । कार्कीले कौरको खुट्टामा फ्रस्टबाइट लागेको तर उनको समग्र स्वास्थ्य राम्रो रहेको बताए । कौर सोमबार हिमाल आरोहण गरेकी थिइन् र ओर्लने क्रममा बेपत्ता भएकी थिइन् ।

अन्नपूर्ण आरोहणका अर्का भारतीय पर्वतारोही अनुराग मालु अझै बेपत्ता छन् । उनी क्याम्प ४ बाट ओर्लने क्रममा एउटा क्र्यासमा खसेका थिए।

Published Date: 18 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग