स्वस्थ मुटुका लागि अपनाउनै पर्ने १० बानी

स्वस्थ मुटुका लागि अपनाउनै पर्ने १० बानी : Icon Khabar

काठमाडौँ, वैशाख ५ । मुटुरोग पछिल्लो समयमा घातक र भयावह बन्दैछ। मुटुरोग मुख्यतया दुई किसिमका हुन्छन्- एउटा जन्मजात हुने र अर्को वयस्कमा हुने। यी दुई प्रकारका मुटुरोगका कारण भने फरक-फरक हुन्छन्।

उमेर बढेसँगै हुने मुटु रोगका पनि कारण बेग्लै हुन्छ।
यो मुख्यतया जे पायो त्यही र बढी खानपिन गर्ने तर शारीरिक व्यायाममा ध्यान नदिने समस्याले गर्दा हुन्छ।

मुटु स्वस्थ राख्न हामीले विभिन्न उपाय अपनाउन सक्छौ। कति खराब बानीहरुलाई त्याग्नु पर्छ। यहाँ प्रस्तुत छन् १० बानी जुन आफ्नो मुटु स्वस्थ राख्नका लागि हामीले अपनाउनु पर्दछ।

१. चर्को नुनिलो वा गुलियो खाँदा रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पु-याउँछन् र मुटुमा असर पुग्छ ।

२. चुरोट पिउँदा पनि रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुग्छ र मुटुरोगको सम्भावना ह्वात्तै बढ्छ ।

३. धेरै रक्सी पिउँदा उच्च कोलेस्ट्रेल, उच्च रक्तचाप र कलेजोमा खराबी देखा पर्छन् र यी सबै मुटुरोगका कारण बन्न पुग्छन् ।

४. निद्रामा घुर्ने मान्छेलाई सास फेर्न समस्या हुनाले मुटुमा दबाब पर्छ र हार्ट अट्याकको सम्भावना बढाउँछ ।

५. जंक फूड तथा चिल्लो खानेकुराले पनि रक्तप्रवाहमा बाधा पु-याएर मुटुमा समस्या ल्याउँछ ।

६. धेरै तनाव लिँदा रक्तचाप बढ्छ र मुटुमा दबाब पर्छ जसका कारण मुटुरोग लाग्छ ।

७. शारीरिक काम नगर्दा रक्तप्रवाहमा समस्या आउँछ, रगत राम्ररी बग्न नपाएर मुटुमा समस्या देखिन्छ ।

८. धेर खाँदा रक्तनलीमा बोसो जम्छ जसका कारण उच्च रक्तचाप हुन पुग्छ र मुटुरोग निम्त्याउँछ ।

९. राति ढिलोसम्म जागै बस्ने, अधुरो निद्रा हुने अवस्थामा पनि तनाव, उच्च रक्तचाप लगायतका समस्या आउँछन् र मुटुलाई बिगार्छन् ।

१०. दाँत र गिजाको समस्याले पनि मुटुरोग बढाउने कुरा धेरै अनुसन्धानले पत्ता लगाएका छन् ।

Published Date: 18 April 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी