स्वस्थ मुटुका लागि अपनाउनै पर्ने १० बानी

स्वस्थ मुटुका लागि अपनाउनै पर्ने १० बानी : Icon Khabar

काठमाडौँ, वैशाख ५ । मुटुरोग पछिल्लो समयमा घातक र भयावह बन्दैछ। मुटुरोग मुख्यतया दुई किसिमका हुन्छन्- एउटा जन्मजात हुने र अर्को वयस्कमा हुने। यी दुई प्रकारका मुटुरोगका कारण भने फरक-फरक हुन्छन्।

उमेर बढेसँगै हुने मुटु रोगका पनि कारण बेग्लै हुन्छ।
यो मुख्यतया जे पायो त्यही र बढी खानपिन गर्ने तर शारीरिक व्यायाममा ध्यान नदिने समस्याले गर्दा हुन्छ।

मुटु स्वस्थ राख्न हामीले विभिन्न उपाय अपनाउन सक्छौ। कति खराब बानीहरुलाई त्याग्नु पर्छ। यहाँ प्रस्तुत छन् १० बानी जुन आफ्नो मुटु स्वस्थ राख्नका लागि हामीले अपनाउनु पर्दछ।

१. चर्को नुनिलो वा गुलियो खाँदा रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पु-याउँछन् र मुटुमा असर पुग्छ ।

२. चुरोट पिउँदा पनि रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुग्छ र मुटुरोगको सम्भावना ह्वात्तै बढ्छ ।

३. धेरै रक्सी पिउँदा उच्च कोलेस्ट्रेल, उच्च रक्तचाप र कलेजोमा खराबी देखा पर्छन् र यी सबै मुटुरोगका कारण बन्न पुग्छन् ।

४. निद्रामा घुर्ने मान्छेलाई सास फेर्न समस्या हुनाले मुटुमा दबाब पर्छ र हार्ट अट्याकको सम्भावना बढाउँछ ।

५. जंक फूड तथा चिल्लो खानेकुराले पनि रक्तप्रवाहमा बाधा पु-याएर मुटुमा समस्या ल्याउँछ ।

६. धेरै तनाव लिँदा रक्तचाप बढ्छ र मुटुमा दबाब पर्छ जसका कारण मुटुरोग लाग्छ ।

७. शारीरिक काम नगर्दा रक्तप्रवाहमा समस्या आउँछ, रगत राम्ररी बग्न नपाएर मुटुमा समस्या देखिन्छ ।

८. धेर खाँदा रक्तनलीमा बोसो जम्छ जसका कारण उच्च रक्तचाप हुन पुग्छ र मुटुरोग निम्त्याउँछ ।

९. राति ढिलोसम्म जागै बस्ने, अधुरो निद्रा हुने अवस्थामा पनि तनाव, उच्च रक्तचाप लगायतका समस्या आउँछन् र मुटुलाई बिगार्छन् ।

१०. दाँत र गिजाको समस्याले पनि मुटुरोग बढाउने कुरा धेरै अनुसन्धानले पत्ता लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 April 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने