नेपाल टेलिकम अब यसअघिको सेवा प्रदायक कम्पनीसँग आवद्ध नहुने

नेपाल टेलिकम अब यसअघिको सेवा प्रदायक कम्पनीसँग आवद्ध नहुने : Icon Khabar

काठमाडौं, वैशाख ५ । नेपाल टेलिकमले विगतमा सेवा लिएका कम्पनीसँगको सम्झौता अवधि सकिएकोले उनीहरुसँग कुनै सम्बन्ध नरहेको जनाएको छ ।

यसअघिको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित व्यक्तिहरु अहिले विभिन्न माग राखेर कम्पनी परिसरबाहिर धर्नामा बसेका बेला एनटीले यस्तो जानकारी दिएको हो । सम्झौता अवधि सकिएपछि कुनै पनि सेवा प्रदायक कम्पनीसँगको दायित्व स्वतः समाप्त हुने एनटीले जनाएको छ ।

सेवा विस्तार र मर्मतसम्भार जस्ता सेवा प्रवाह सम्बन्धी कार्य गर्न कानूनबमोजिम अन्य कम्पनीसँग सम्झौता गर्न सक्ने भएकाले अन्योलमा नपर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

नेपाल टेलिकमले यसअघिको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि सकिएपछि प्रतिस्पर्धाका आधारमा अर्को सेवा प्रदायक कम्पनीमार्फत सेवा उपलब्ध गराउँदै आएको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 April 2023
Website | + posts
ताजा
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन
जेनजी आन्दोलन जाँझबुझ आयोगद्वारा एक महिना म्याद थप गर्न सरकारलाई आग्रह
जापानिज इन्सेफ्लाइटिसबाट छ जनाको मृत्यु
एडीबीले नेपाललाई १० करोड अमेरिकी डलर बराबर सहुलियतपूर्ण ऋण दिने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न