नेपाल टेलिकम अब यसअघिको सेवा प्रदायक कम्पनीसँग आवद्ध नहुने

नेपाल टेलिकम अब यसअघिको सेवा प्रदायक कम्पनीसँग आवद्ध नहुने : Icon Khabar

काठमाडौं, वैशाख ५ । नेपाल टेलिकमले विगतमा सेवा लिएका कम्पनीसँगको सम्झौता अवधि सकिएकोले उनीहरुसँग कुनै सम्बन्ध नरहेको जनाएको छ ।

यसअघिको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित व्यक्तिहरु अहिले विभिन्न माग राखेर कम्पनी परिसरबाहिर धर्नामा बसेका बेला एनटीले यस्तो जानकारी दिएको हो । सम्झौता अवधि सकिएपछि कुनै पनि सेवा प्रदायक कम्पनीसँगको दायित्व स्वतः समाप्त हुने एनटीले जनाएको छ ।

सेवा विस्तार र मर्मतसम्भार जस्ता सेवा प्रवाह सम्बन्धी कार्य गर्न कानूनबमोजिम अन्य कम्पनीसँग सम्झौता गर्न सक्ने भएकाले अन्योलमा नपर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

नेपाल टेलिकमले यसअघिको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि सकिएपछि प्रतिस्पर्धाका आधारमा अर्को सेवा प्रदायक कम्पनीमार्फत सेवा उपलब्ध गराउँदै आएको पनि जनाएको छ ।

Published Date: 18 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग