देशभरको तापक्रम निरन्तर बढ्दो क्रममा, गर्मी बढ्यो

देशभरको तापक्रम निरन्तर बढ्दो क्रममा, गर्मी बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख ५ । केही दिनयता देशभरको तापक्रम निरन्तर बढ्दो क्रममा छ । कतिपय स्थानको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस आसपास पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार (वैशाख ५ गते) सार्वजनिक गरेको विवरणमा हाल १२ स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि छ । महाशाखाले १६ स्थानको विवरण सार्वजनिक गरेको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ४१.७ डिग्री सेल्सियस छ ।

त्यसपछि दोस्रो र तेस्रोमा नेपालगञ्ज र जनकपुरको क्रमश. ४०.५ र ४०.४ डिग्री सेल्सियस छ । महाशाखाका अनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम ६.७ डिग्री सेल्सियस छ ।

Published Date: 18 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग