देशभरको तापक्रम निरन्तर बढ्दो क्रममा, गर्मी बढ्यो

देशभरको तापक्रम निरन्तर बढ्दो क्रममा, गर्मी बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख ५ । केही दिनयता देशभरको तापक्रम निरन्तर बढ्दो क्रममा छ । कतिपय स्थानको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस आसपास पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार (वैशाख ५ गते) सार्वजनिक गरेको विवरणमा हाल १२ स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि छ । महाशाखाले १६ स्थानको विवरण सार्वजनिक गरेको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ४१.७ डिग्री सेल्सियस छ ।

त्यसपछि दोस्रो र तेस्रोमा नेपालगञ्ज र जनकपुरको क्रमश. ४०.५ र ४०.४ डिग्री सेल्सियस छ । महाशाखाका अनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम ६.७ डिग्री सेल्सियस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 18 April 2023
Website | + posts




ताजा
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता
बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने