कोहलपुरमा सुविधासम्पन्न बसपार्क निर्माण

कोहलपुरमा सुविधासम्पन्न बसपार्क निर्माण : Icon Khabar

नेपालगन्ज, वैशाख ५ । बाँकेको दोस्रो ठूलो सहर कोहलपुरमा सपिङ कम्प्लेक्ससहितको सुविधासम्पन्न बसपार्क निर्माण गरिएको छ ।

कोहलपुर नगरपालिकाले नगर विकास कोषको ऋण ठेक्कामा बसपार्क निर्माण गरेको हो । बसपार्कलाई छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको नगरपालिका स्रोतले जनाएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत टीकाराम ढकालले बसपार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्सलगायत ५९ वटा व्यवसायिक शटर निर्माण सम्पन्न भएको जानकारी दिए।

उनले बसपार्कमा तीनवटा प्लेटफर्म रहेको बताए । बसपार्कभित्र व्यवसायिक शटरसहित स्वास्थ्य चौकी, बैंक तथा सुरक्षा चौकीको व्यवस्था गरिने उनले जानकारी दिए ।

कोहलपुर चौराहाको कुनामा निर्माण गरिएको बसपार्कमा तीन दर्जनभन्दा बढी लामो तथा छोटो दुरीका सवारी साधन राख्न सक्ने क्षमता रहेको छ ।

ठेकेदारले बसपार्क निर्माण सम्पन्न गरी छिट्टै नगरपालिकालाई हस्तान्तरण गर्ने उनले बताए ।

कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यले बसपार्क निर्माण सम्पन्न भएपछि नेपालगन्ज र कोहलपुरबाट देशभर यातायात सेवा सञ्चालन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 April 2023
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू