कोहलपुरमा सुविधासम्पन्न बसपार्क निर्माण

कोहलपुरमा सुविधासम्पन्न बसपार्क निर्माण : Icon Khabar

नेपालगन्ज, वैशाख ५ । बाँकेको दोस्रो ठूलो सहर कोहलपुरमा सपिङ कम्प्लेक्ससहितको सुविधासम्पन्न बसपार्क निर्माण गरिएको छ ।

कोहलपुर नगरपालिकाले नगर विकास कोषको ऋण ठेक्कामा बसपार्क निर्माण गरेको हो । बसपार्कलाई छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको नगरपालिका स्रोतले जनाएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत टीकाराम ढकालले बसपार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्सलगायत ५९ वटा व्यवसायिक शटर निर्माण सम्पन्न भएको जानकारी दिए।

उनले बसपार्कमा तीनवटा प्लेटफर्म रहेको बताए । बसपार्कभित्र व्यवसायिक शटरसहित स्वास्थ्य चौकी, बैंक तथा सुरक्षा चौकीको व्यवस्था गरिने उनले जानकारी दिए ।

कोहलपुर चौराहाको कुनामा निर्माण गरिएको बसपार्कमा तीन दर्जनभन्दा बढी लामो तथा छोटो दुरीका सवारी साधन राख्न सक्ने क्षमता रहेको छ ।

ठेकेदारले बसपार्क निर्माण सम्पन्न गरी छिट्टै नगरपालिकालाई हस्तान्तरण गर्ने उनले बताए ।

कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यले बसपार्क निर्माण सम्पन्न भएपछि नेपालगन्ज र कोहलपुरबाट देशभर यातायात सेवा सञ्चालन गरिने बताए ।

Published Date: 18 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु