युनाइटेड र अजोड इन्स्योरेन्सले एक आपसमा मर्जर हुने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलायो

युनाइटेड र अजोड इन्स्योरेन्सले एक आपसमा मर्जर हुने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलायो : Icon Khabar

काठमाडौँ, वैशाख ५ । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले एक आपसमा मर्जर हुने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएका छन्। यी दुबै इन्स्योरेन्सले बैशाख २५ गते, सोमबार सभा बोलाएका हुन्।

युनाइटेड इन्स्योरेन्सको साधारण सभा अनमोल ब्याङ्क्वेट, शंखमुल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ भने अजोड इन्स्योरेन्सको सभा यूनाइटेड वल्र्ड ट्रेड सेन्टर, डिइसिसि, अमन हल तेस्रो तल्ला, त्रिपुरेश्वर, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स ८२.५० बराबर १०० अनुपातमा मर्ज हुने, मर्जरपश्चात यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने, मर्जर तथा एक्विजिशनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 April 2023
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने