युनाइटेड र अजोड इन्स्योरेन्सले एक आपसमा मर्जर हुने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलायो

युनाइटेड र अजोड इन्स्योरेन्सले एक आपसमा मर्जर हुने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलायो : Icon Khabar

काठमाडौँ, वैशाख ५ । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले एक आपसमा मर्जर हुने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएका छन्। यी दुबै इन्स्योरेन्सले बैशाख २५ गते, सोमबार सभा बोलाएका हुन्।

युनाइटेड इन्स्योरेन्सको साधारण सभा अनमोल ब्याङ्क्वेट, शंखमुल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ भने अजोड इन्स्योरेन्सको सभा यूनाइटेड वल्र्ड ट्रेड सेन्टर, डिइसिसि, अमन हल तेस्रो तल्ला, त्रिपुरेश्वर, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स ८२.५० बराबर १०० अनुपातमा मर्ज हुने, मर्जरपश्चात यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने, मर्जर तथा एक्विजिशनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

Published Date: 18 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु