काठमाडौं उपत्यकासहित देशभर भईरहेको वायु प्रदुषण अझै तीन दिन कायम रहने अनुमान

काठमाडौं उपत्यकासहित देशभर भईरहेको वायु प्रदुषण अझै तीन दिन कायम रहने अनुमान : Icon Khabar

काठमाडौं, वैशाख ५ । काठमाडौं उपत्यकासहित देशभर वायु प्रदुषण विगत केही दिनदेखि बढ्दै गएको र यो अवस्था अझै तीन दिन कायम रहने अनुमान गरिएको छ ।

केही दिन हावाहुरी र वर्षाको सम्भावना नरहेकोले वायुमण्डलीय प्रदूषण जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता देशका अधिकांश भागमा वर्षा नहुँदा र जंगलमा लागेको डढेलो वायु प्रदूषणको कारण रहेको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले बताए ।

विशेषगरी काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर), बारा, पर्सा र चितवन जिल्लामा वायु प्रदुषण बढेको स्याटेलाइट तस्विरले देखाएको छ, उहाँले भन्नुभयो, “उपत्यकामा हावा प्रवाह हुन नसक्दा र जम्मा हुने गरी वायु प्रदुषण भएको हो । उपत्यकामा बारा, पर्सा र चितवनबाट वाग्मती करिडोर हुँदै अन्यत्र उड्ने गरेको छ ।

विभागले मानिसहरूलाई सावधानी अपनाउन र घर बाहिर ननिस्कन र फेस मास्क र सनग्लास प्रयोग गर्न आग्रह गरेको छ। वायु प्रदूषण मुक्त हुन अझै केही दिन लाग्ने मौसमविद् तथा विपद् विज्ञ डा धर्म उप्रेतीले बताए । वायु प्रदूषणले चाप, मुटुको समस्या र क्यान्सरजस्ता रोगको जोखिम बढेको पौडेलले बताए ।

वायु प्रदुषणका कारण उडानमा समेत असर परेको छ । भिजिबिलिटी कम भएकाले आइतबार आन्तरिक उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । तर, अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेका छन् । विश्व स्वास्थ्य संगठनको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २०० भन्दा माथि रहेको डब्ल्यूएचओका अनुसार काठमाडौं उपत्यका विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा परेको छ। ललितपुर जिल्लाको भक्तपुर र पाटन बढी प्रदूषित थिए।

त्यसैगरी काठमाडौं जिल्लाको कीर्तिपुर र रत्नपार्क, भक्तपुरको मध्यपुर थिमि, मकवानपुरको हेटौंडा र धनकुटा जिल्लामा पनि एक्युआई रिडिङ करिब २०० रहेको छ ।

Published Date: 18 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु