काठमाडौं उपत्यकासहित देशभर भईरहेको वायु प्रदुषण अझै तीन दिन कायम रहने अनुमान

काठमाडौं उपत्यकासहित देशभर भईरहेको वायु प्रदुषण अझै तीन दिन कायम रहने अनुमान : Icon Khabar

काठमाडौं, वैशाख ५ । काठमाडौं उपत्यकासहित देशभर वायु प्रदुषण विगत केही दिनदेखि बढ्दै गएको र यो अवस्था अझै तीन दिन कायम रहने अनुमान गरिएको छ ।

केही दिन हावाहुरी र वर्षाको सम्भावना नरहेकोले वायुमण्डलीय प्रदूषण जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता देशका अधिकांश भागमा वर्षा नहुँदा र जंगलमा लागेको डढेलो वायु प्रदूषणको कारण रहेको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले बताए ।

विशेषगरी काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर), बारा, पर्सा र चितवन जिल्लामा वायु प्रदुषण बढेको स्याटेलाइट तस्विरले देखाएको छ, उहाँले भन्नुभयो, “उपत्यकामा हावा प्रवाह हुन नसक्दा र जम्मा हुने गरी वायु प्रदुषण भएको हो । उपत्यकामा बारा, पर्सा र चितवनबाट वाग्मती करिडोर हुँदै अन्यत्र उड्ने गरेको छ ।

विभागले मानिसहरूलाई सावधानी अपनाउन र घर बाहिर ननिस्कन र फेस मास्क र सनग्लास प्रयोग गर्न आग्रह गरेको छ। वायु प्रदूषण मुक्त हुन अझै केही दिन लाग्ने मौसमविद् तथा विपद् विज्ञ डा धर्म उप्रेतीले बताए । वायु प्रदूषणले चाप, मुटुको समस्या र क्यान्सरजस्ता रोगको जोखिम बढेको पौडेलले बताए ।

वायु प्रदुषणका कारण उडानमा समेत असर परेको छ । भिजिबिलिटी कम भएकाले आइतबार आन्तरिक उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । तर, अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेका छन् । विश्व स्वास्थ्य संगठनको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २०० भन्दा माथि रहेको डब्ल्यूएचओका अनुसार काठमाडौं उपत्यका विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा परेको छ। ललितपुर जिल्लाको भक्तपुर र पाटन बढी प्रदूषित थिए।

त्यसैगरी काठमाडौं जिल्लाको कीर्तिपुर र रत्नपार्क, भक्तपुरको मध्यपुर थिमि, मकवानपुरको हेटौंडा र धनकुटा जिल्लामा पनि एक्युआई रिडिङ करिब २०० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 April 2023
Website | + posts