अमेरिकी डलर साट्ने बाहानामा लुटपाट गर्ने तीन जना उपत्यकाबाट पक्राउ

अमेरिकी डलर साट्ने बाहानामा लुटपाट गर्ने तीन जना उपत्यकाबाट पक्राउ : Icon Khabar

काठमाडौं, बैशाख ४ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अमेरिकी डलर साट्ने बाहानामा लुटपाट गर्ने ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई ललितपुर टिकाथली बस्ने २९ वर्षीय सुकलाल पाईन, २५ वर्षीय ईनकुमार पाख्रिन र २२ वर्षीय सूर्य बहादुर पाईन रहेका छन् ।

विभिन्न व्यक्तिहरुलाई सम्पर्क गरी सस्तो दरमा अमेरिकी डलर साटीदिन्छु भनि प्रलोभन देखाई ललितपुर हरिसिद्धिबाट १८ लाख रूपैयाँ, काठमाडौं चोभारबाट १८ लाख रूपैयाँ र ललितपुर ईमाडोलबाट १० लाख रूपैयाँ ठगी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ललितपुर ढुङ्गेली बसपार्क नजिकबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको छ ।

Published Date: 17 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु