तुलसीपुरमा प्रहरी जवानद्वारा ड्युटीमै गोली हानी आत्महत्या

तुलसीपुरमा प्रहरी जवानद्वारा ड्युटीमै गोली हानी आत्महत्या : Icon Khabar

दाङ, वैशाख ४ । लुम्बिनीको दाङको तुलसीपुरमा आइतबार राति एक प्रहरी जवानले ड्युटीमा रहेका बेला गोली हानी आत्महत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लका अनुसार तुलसीपुर–८ टिकारी निवासी ३५ वर्षीय वसन्त केसीले तुलसीपुर कारागारको सुरक्षामा खटिएका बेला बेलुका साढे ८ बजे आफैंमाथि गोली प्रहार गरेका हुन् ।

केसीको घटनास्थलमै मृत्यु भएको मल्लले बताए । मृतक पाँच दिनअघि छिमेकी कपिलवस्तु जिल्लाबाट कारागार सरुवा भएका थिए ।

यस विषयमा थप अनुसन्धान भईरहेको छ ।

Published Date: 17 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग