तुलसीपुरमा प्रहरी जवानद्वारा ड्युटीमै गोली हानी आत्महत्या

तुलसीपुरमा प्रहरी जवानद्वारा ड्युटीमै गोली हानी आत्महत्या : Icon Khabar

दाङ, वैशाख ४ । लुम्बिनीको दाङको तुलसीपुरमा आइतबार राति एक प्रहरी जवानले ड्युटीमा रहेका बेला गोली हानी आत्महत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लका अनुसार तुलसीपुर–८ टिकारी निवासी ३५ वर्षीय वसन्त केसीले तुलसीपुर कारागारको सुरक्षामा खटिएका बेला बेलुका साढे ८ बजे आफैंमाथि गोली प्रहार गरेका हुन् ।

केसीको घटनास्थलमै मृत्यु भएको मल्लले बताए । मृतक पाँच दिनअघि छिमेकी कपिलवस्तु जिल्लाबाट कारागार सरुवा भएका थिए ।

यस विषयमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 April 2023
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू