काठमाडौंको शान्तिवाटिकामा प्रहरी र मिटर ब्याजपीडितबीच झडप

काठमाडौंको शान्तिवाटिकामा प्रहरी र मिटर ब्याजपीडितबीच झडप : Icon Khabar

काठमाडौं, वैशाख ४ । काठमाडौंको शान्तिवाटिकामा प्रहरी र मिटर ब्याजपीडितबीच झडप भएको छ । झडपमा ऋण लिने केही घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शान्तिवाटिकामा बसेर आन्दोलनमा उत्रिएका मिटर ब्याजपीडितले सोमबार सिंहदरबार आसपास प्रदर्शन गर्ने तयारी गरेका छन् । त्यसैले शान्तिवाटिकाको गेटमा बिहानैदेखि प्रहरीले पहरा दिएको थियो । दिउँसो ब्यानर बोकेर विरोध प्रदर्शन गर्न निस्किएका आन्दोलनकारीलाई प्रहरीले रोकेपछि झडप भएको हो ।

प्रहरीले पानीको फोहोरा र लाठी चार्ज समेत गरेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार प्रहरीको लाठी प्रहारबाट चारदेखि पाँच जना घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सरकारले चैत १८ गते ऋण पीडितहरुको समूहसँग पाँच बुँदे सहमति गरेको थियो ।

तर, सम्झौताले ऋण पीडितको तत्काल समस्या समाधान नहुने भन्दै ऋण पीडितको अर्को समूह काठमाडौंमा आन्दोलनमा उत्रिएको छ ।

Published Date: 17 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग