काठमाडौंको शान्तिवाटिकामा प्रहरी र मिटर ब्याजपीडितबीच झडप

काठमाडौंको शान्तिवाटिकामा प्रहरी र मिटर ब्याजपीडितबीच झडप : Icon Khabar

काठमाडौं, वैशाख ४ । काठमाडौंको शान्तिवाटिकामा प्रहरी र मिटर ब्याजपीडितबीच झडप भएको छ । झडपमा ऋण लिने केही घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शान्तिवाटिकामा बसेर आन्दोलनमा उत्रिएका मिटर ब्याजपीडितले सोमबार सिंहदरबार आसपास प्रदर्शन गर्ने तयारी गरेका छन् । त्यसैले शान्तिवाटिकाको गेटमा बिहानैदेखि प्रहरीले पहरा दिएको थियो । दिउँसो ब्यानर बोकेर विरोध प्रदर्शन गर्न निस्किएका आन्दोलनकारीलाई प्रहरीले रोकेपछि झडप भएको हो ।

प्रहरीले पानीको फोहोरा र लाठी चार्ज समेत गरेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार प्रहरीको लाठी प्रहारबाट चारदेखि पाँच जना घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सरकारले चैत १८ गते ऋण पीडितहरुको समूहसँग पाँच बुँदे सहमति गरेको थियो ।

तर, सम्झौताले ऋण पीडितको तत्काल समस्या समाधान नहुने भन्दै ऋण पीडितको अर्को समूह काठमाडौंमा आन्दोलनमा उत्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 April 2023
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू