सोमबार नेप्से परिसूचकमा २३.६४ अंकको गिरावट

सोमबार नेप्से परिसूचकमा २३.६४ अंकको गिरावट : Icon Khabar

काठमाडौँ, वैशाख ४ । सोमबार नेप्से परिसूचक २३.६४ अंक घटेर १९०८.०४ विन्दुमा झरेको छ।

नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ९७ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज २६७ स्टकको २७ हजार ३७४ पटकको कारोबारमा ९१ करोड ८२ लाख १९ हजार रुपैयाँ बराबरको ३१ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकिङ्ग, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 April 2023
Website | + posts