सोमबार नेप्से परिसूचकमा २३.६४ अंकको गिरावट

सोमबार नेप्से परिसूचकमा २३.६४ अंकको गिरावट : Icon Khabar

काठमाडौँ, वैशाख ४ । सोमबार नेप्से परिसूचक २३.६४ अंक घटेर १९०८.०४ विन्दुमा झरेको छ।

नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ९७ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज २६७ स्टकको २७ हजार ३७४ पटकको कारोबारमा ९१ करोड ८२ लाख १९ हजार रुपैयाँ बराबरको ३१ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकिङ्ग, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 17 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु