नवनियुक्त परराष्ट्रमन्त्री साउद र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

नवनियुक्त परराष्ट्रमन्त्री साउद र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट : Icon Khabar

काठमाडौं, वैशाख ४ । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइतबार शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री साउदले नेपाल र भारतबीच लामो समयदेखि सुमधुर र मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र आगामी दिनमा यसलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

सो अवसरमा राजदूत श्रीवास्तवले मन्त्री साउदलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए । मन्त्री साउदले आइतबार नै पदभार ग्रहण गरेका हुन् ।

Published Date: 17 April 2023


ताजा
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग