नवनियुक्त परराष्ट्रमन्त्री साउद र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

नवनियुक्त परराष्ट्रमन्त्री साउद र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट : Icon Khabar

काठमाडौं, वैशाख ४ । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइतबार शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री साउदले नेपाल र भारतबीच लामो समयदेखि सुमधुर र मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र आगामी दिनमा यसलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

सो अवसरमा राजदूत श्रीवास्तवले मन्त्री साउदलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए । मन्त्री साउदले आइतबार नै पदभार ग्रहण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 April 2023
Website | + posts