एफपीओमा कर नलगाउन प्रधानमन्त्रीको निर्देशन

एफपीओमा कर नलगाउन प्रधानमन्त्रीको निर्देशन : Icon Khabar

काठमाडौं, वैशाख ४ । प्रधानमन्त्री पुष्पकमल दाहालले थप सार्वजनिक प्रस्ताव (एफपीओ) मार्फत बिक्री हुने शेयर प्रिमियम रकममा कर लगाउने निर्णय स्थगन गर्न सरोकारवालालाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले यो समस्याको दीर्घकालीन समाधान खोज्न पनि आग्रह गरेका छन् ।

नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघले सेयरको प्रिमियम रकममा करको असरबारे ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

उद्योगी व्यवसायीसँगको भेटमा प्रधानमन्त्री दाहालले यो समस्यालाई दीर्घकालीन रुपमा सम्बोधन गर्ने प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले एफपीओमार्फत चुक्ता पुँजी बढाएका थिए ।

सो अवधिमा एफपीओमा कर नलाग्ने भए पनि महालेखा परीक्षकको कार्यालयको ५८औँ वार्षिक प्रतिवेदनमा एफपीओको प्रिमियम रकम करको दायरामा आउने उल्लेख गर्दै करको रकम त्यस्ता कम्पनीले तिर्नु पर्ने निष्कर्ष निकालेको थियो ।

Published Date: 17 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु