वायु प्रदुषणका हिसाबले विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं उपत्यका पहिलो

वायु प्रदुषणका हिसाबले विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं उपत्यका पहिलो : Icon Khabar

काठमाडौं, वैशाख ३ । वायु प्रदुषणका हिसाबले विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं उपत्यका पहिलो बनेको छ । विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने संस्थाका अनुसार शनिबार साँझ काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ ।

एयर क्वालिटी इन्डेक्स (एक्यूआई) मा २०२ अंकसहित काठमाडौं शनिबार साँझ विश्वकै सबैभन्दा विषाक्त हावा भएको सहर घोषित भएको छ । प्रदूषणको मामिलामा काठमाडौंपछि नयाँ दिल्ली, थाइल्याण्डको चियाङमाई, भियतनामको हनोई, थाइल्याण्डको बैंकक र बंगलादेशको ढाका क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

जनस्वास्थ्यमा वायु प्रदूषणको असरका आधारमा वायु प्रदूषणको स्तरलाई ० देखि ५०० सम्म विभिन्न तहमा विभाजन गरिएको छ र २०१ देखि ३०० सम्मको एक्युआईलाई काठमाडौं उपत्यकालाई बैजनी रङ दिइएको छ । यो मानव स्वास्थ्यको लागि एकदमै हानिकारक स्तर हो। यो सिजनमा देशका विभिन्न भागमा आगलागी र कृषिका अवशेष जलाउने कार्यका कारण प्रदूषण तीव्र गतिमा बढेको जनाइएको छ ।

वायु प्रदुषणका हिसाबले विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं उपत्यका पहिलो बनेको छ ।

प्रदूषणको यो स्तर जनस्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । जनस्वास्थ्य विज्ञहरू र वायु प्रदूषण विशेषज्ञहरूले सुझाव दिएका छन् कि कम्तिमा मास्क लगाएर केही तरिकामा प्रभावहरूबाट बच्न सकिन्छ। वायु प्रदूषणको यस स्तरका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामी बढी प्रभावित भएकाले अन्य उमेर समूहका व्यक्तिलाई बाहिर निस्कँदा विशेष सावधानी अपनाउन वातावरण विभागले आग्रह गरेको छ ।

Published Date: 16 April 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी