वायु प्रदुषणका हिसाबले विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं उपत्यका पहिलो

वायु प्रदुषणका हिसाबले विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं उपत्यका पहिलो : Icon Khabar

काठमाडौं, वैशाख ३ । वायु प्रदुषणका हिसाबले विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं उपत्यका पहिलो बनेको छ । विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने संस्थाका अनुसार शनिबार साँझ काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ ।

एयर क्वालिटी इन्डेक्स (एक्यूआई) मा २०२ अंकसहित काठमाडौं शनिबार साँझ विश्वकै सबैभन्दा विषाक्त हावा भएको सहर घोषित भएको छ । प्रदूषणको मामिलामा काठमाडौंपछि नयाँ दिल्ली, थाइल्याण्डको चियाङमाई, भियतनामको हनोई, थाइल्याण्डको बैंकक र बंगलादेशको ढाका क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

जनस्वास्थ्यमा वायु प्रदूषणको असरका आधारमा वायु प्रदूषणको स्तरलाई ० देखि ५०० सम्म विभिन्न तहमा विभाजन गरिएको छ र २०१ देखि ३०० सम्मको एक्युआईलाई काठमाडौं उपत्यकालाई बैजनी रङ दिइएको छ । यो मानव स्वास्थ्यको लागि एकदमै हानिकारक स्तर हो। यो सिजनमा देशका विभिन्न भागमा आगलागी र कृषिका अवशेष जलाउने कार्यका कारण प्रदूषण तीव्र गतिमा बढेको जनाइएको छ ।

वायु प्रदुषणका हिसाबले विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं उपत्यका पहिलो बनेको छ ।

प्रदूषणको यो स्तर जनस्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । जनस्वास्थ्य विज्ञहरू र वायु प्रदूषण विशेषज्ञहरूले सुझाव दिएका छन् कि कम्तिमा मास्क लगाएर केही तरिकामा प्रभावहरूबाट बच्न सकिन्छ। वायु प्रदूषणको यस स्तरका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामी बढी प्रभावित भएकाले अन्य उमेर समूहका व्यक्तिलाई बाहिर निस्कँदा विशेष सावधानी अपनाउन वातावरण विभागले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 April 2023
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने