लगातार दोस्रोे जित निकाल्दै आर्मी फाइनलमा

लगातार दोस्रोे जित निकाल्दै आर्मी फाइनलमा : Icon Khabar

विराटनगर, चैत २९ । विभागीय टिम नेपाल आर्मी लगातर दुई पटक जित निकाल्दै प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । लगातार दोस्रो जित हासिल गर्ने क्रममा आर्मीले अर्को विभागीय टिम एपीएफलाई खराब लाइटिङका कारण खेलको निर्णय डिएलमेथडबाट २३ रनले जित हात पारेको हो ।

दोस्रो जितसँगै आर्मी समूह ‘क’ बाट ४ अंक बनाउँदै रनरेडको आधरमा फाइनलमा पुगेको छ । एपीएफले दिएको १५९ रनको लक्ष्य आर्मीले १७ ओभरमा ४ विकेट गुमाउँदा १५१ रन बनाउँदा डिएलमेथडको आधारमा २३ रनले जित निकालेको हो । जसमा आर्मीका रमेश भट्टले २९ बलमा ४१ रन बनाए । उनले ५ चौका १ छक्का हिर्काए । सन्दिप रिजालीले १५ बलमा ११ रन बनाए । राजेश पुलामीले २६ बलमा अविजित ४९ रन बनाए । उनले ६ छक्का र १ चौक्का हिर्काए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए ।

दिनेश भण्डारीले अविजित २१ बलमा २६ रन बनाए । एक छक्का र ४ चौक्का हिर्काए । बलिङमा एपीएफका तिलोक महराले २ आभेरमा २० रन खर्चेर २ विकेट लिए । कृष्ण कार्कीले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । अमरसिंह रौटेलाले ४ ओभरमा ३० रन दिएर १ विकेट लिए । यसअघि एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १५८ रन बनाएको थियो । प्रदिप एरिले ४१ बलमा १ छक्का र ६ चौका हिकाउँदै ४३ रन बनाए । अमरसिंह रौटेलाले २३ बलमा अविजित ४२ रनको योगदान दिए । उनले २ छक्का र ५ चौक हिर्काए ।

अरुण एरिले १६ बलमा २३ रन बनाए । २ छक्का र १ चौका हाने । पूरुण विकेले अविजित १३ बलमा १४ रन बनाउँदा सरप भेस्पकरले ११ रनको योगदान दिए । बलिङमा आर्मीका सुमित श्रेष्ठले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । हरी चौहानले ४ ओभरमा ४५ रन दिएर १ विकेट लिए ।

बिहीबारबाट समूह ‘बी’बाटे लिकको आधारमा खेल हुनेछ । पहिलो खेल दिल्ली युनिाईटेड र बिगाभीय टिम नेपाल पुलिस बिच हुनेछ । सोही दिन दोस्रो खेल एनबी ग्रुप धनगढी र एनएनबीएससी विराटनगरबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 April 2023
Website | + posts




ताजा
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता