गौरीगंगा गोल्डकपको उपाधि जित्ने स्टार सिटी र फोर ब्रदर्शको दाबी

गौरीगंगा गोल्डकपको उपाधि जित्ने स्टार सिटी र फोर ब्रदर्शको दाबी : Icon Khabar

कैलाली, चैत २९ । कैलालीको गौरीगंगा–११ स्पोर्ट्स क्लबले आयोजना गरेको तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताले बिहीबार विजेता पाउने छ । उपाधिका लागि कैलालीको स्टार सिटी क्लब र नवलपरासीको फोर ब्रदर्श एफसीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

स्टार सिटीले बाँकेको कोहलपुर रेसिङ सहारा क्लबको कारबाही पछि बाइ पाएर फाइनलमा स्थान बनाएको हो भने बर्दियाको नव युवा मैत्री भाव क्लबलाई पराजित गरी फोर ब्रदर्श उपाधि नजिक पुगेको हो । उपाधि भिडन्त अघि बुधवार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।

‘मध्यपश्चिमबाट आएर क्वाटर फाइनल, सेमी जितेर यो रमाइलो यात्रा तय गरेका छौँ,’ फोर ब्रदर्शका टिम कोच धर्मराज भुसालले भने, ‘अब फाइनल पनि जित्ने गरी रणनीति बनाइरहेका छौँ र फाइनल जित्छौँ पनि ।’ फोर ब्रदर्शका टिम कप्तान विनोद केवटले पनि उपाधि जित्ने गरी खेल्ने बताए । ‘हामी सुरुवाती १०÷२५ मिनेटसम्म केही चुकेर पछि गेम राम्रो बनाउँदै आएका छौ,’ उनले भने, ‘दोस्रो खेलमा त्यो केही सुधार पनि गरेऊ ।

साथै फिनिसिङ लाइनमा पनि केही कमजोरी भइरहेको छ । अब त्यसलाई सुधारेर उपाधि जित्नेमा विश्वस्त छौँ ।’ उनले प्रतिद्वन्द्वी टिम बलियो भए पनि आफ्ना खेलाडी प्रति आफू विश्वस्त रहेकाले उपाधि जित्ने बताए । स्टार सिटीका टिम कोच गजेन्द्र शाहीले उपाधि जित्ने गरी रणनीति बनाइएको बताए । ‘हामीले यो मैदानसँगै अन्यत्र पनि अहिलेकै सेटमा खेल खेल्दै नतिजा निकाल्दै आएका छौँ,’ उनले भने, ‘त्यसैले हामीलाई गाह्रो छैन । हामीले प्रतिद्वन्द्वी टिमको अवस्था हेरेर रणनीति तयार पारेका छौँ ।’ स्टार सिटीका कप्तान सन्दीप कुँवरले आफू यस अघि पनि यो प्रतियोगिताका दुवै संस्करणमा सहभागी भइसकेकालाई सजिलो हुने बताए । ‘होम ग्राउन्ड, होम सपोर्टर भएर पनि खेलमा राम्रो प्रभाव पर्छ,’ उनले भने, ‘तर हामी त्यसो भनेर मात्र हैन राम्रो खेलेर नतिजा निकाल्छौ । पहिलो र दोस्रो संस्करण खेलिसकेको मैदान पनि हो र हामी यस अघि फाइनलिस्ट पनि हो । त्यसैले हामीले बलियो रहेको प्रतिद्वन्द्वीलाई जित्ने गरी खेल्छौँ ।’

पत्रकार सम्मेलनमा आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लबका अध्यक्ष दिनेश कलेले दुवै टिमलाई जितको शुभकामनासहित गोल्डकपका आगामी संस्करणहरू थप व्यवस्थित र परिष्कृत बनाउँदै लैजाने बताए । ‘२०७४ सालबाट हामीले यस क्षेत्रका खेलाडी, यो खेल मैदान र युवाहरूको सृजनशीलताका लागि अभियान थालेर यो गोल्ड कप गर्दै आएका छौँ,’ उनले भने, ‘हाम्रो मुख्य उद्देश्य यहाँ एउटा सरकारी मापदण्ड अनुसार स्थानीय तहमा बन्नुपर्ने रङ्गशाला बनाउने हो ।

साथै यस क्षेत्रका खेलाडीको खेल जीवन र युवाहरूमा बढ्दो लागू औषधको विकराल स्वरूपलाई कम गर्न सकिन्छ भन्ने उद्देश्यले यसको आयोजना गर्दै आएका छौँ ।’ उनले प्रतियोगितामा सहभागिता जनाउने १० वटै टिमका खेलाडी तथा व्यवस्थापक, प्रशिक्षक र यस क्षेत्रका सम्पूर्ण प्रायोजकहरूमा धन्यवाद ज्ञापन गरे ।

‘सरकारी स्तरबाट खेल क्षेत्रलाई हेर्नुपर्ने नजरीया सुधार हुन सकेको छैन,’ उनले अगाडी भने, ‘तर पनि हामी यी प्रतियोगिताको व्यवस्थापनलाई बढवा दिने र खेल क्षेत्र तथा खेलाडीको जीवनस्तर उकास्ने अभियानमा अनवरत लागिरहने छौँ ।’ ‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल बिहीबार दिउँसो २ बजे सुरु हुने छ ।

१० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।

प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा ईन्टरप्राईजेजको उत्पादन जग शक्ति गोल्ड टिएमटी फलामे छड रहेको छ । मुख्य प्रवर्द्धकमा गौरीगङ्गा नगरपालिका, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम रहेका छन् । प्रतियोगिताको प्रायोजकहरूमा सनराज ईन्टरनेशनल, न्यु प्लानेट इन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 April 2023
Website | + posts




ताजा
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता