आर्मी र प्रहरी सेमिफाइनलमा

आर्मी र प्रहरी सेमिफाइनलमा : Icon Khabar

काठमाडौं, चैत २९ । नेपाल आर्मी र नेपाल प्रहरी प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘ए’ को लिगमा आर्मीले गण्डकी प्रदेशलाई २५–१०, २५–१७ र २७–२५ को सोझो सेटमा पराजित ग¥यो । जितसंगै आर्मी समूह विजेता बन्यो । यो समूहमा २ टिम मात्र रहेकाले गण्डकी पनि उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्न सफल भयो ।

पेष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा प्रहरीले सुदूरपश्चिम प्रदेशलाई सीधा सेटमा २५–१६, २५–१७ र २५–१६ ले हरायो । प्रहरी समूह ‘बी’ को विजेता बन्यो । ३ टिम रहेको समूहमा प्रहरीले उद्घाटन खेलमा एपीएफलाई मंगलबार ३–० ले हराएको थियो ।

बिहीबार एपीएफ र सुदूरपश्चिमबीच हुने लिगको अन्तिम खेलबाट सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ ।

Published Date: 12 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग