आर्मी र प्रहरी सेमिफाइनलमा

आर्मी र प्रहरी सेमिफाइनलमा : Icon Khabar

काठमाडौं, चैत २९ । नेपाल आर्मी र नेपाल प्रहरी प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘ए’ को लिगमा आर्मीले गण्डकी प्रदेशलाई २५–१०, २५–१७ र २७–२५ को सोझो सेटमा पराजित ग¥यो । जितसंगै आर्मी समूह विजेता बन्यो । यो समूहमा २ टिम मात्र रहेकाले गण्डकी पनि उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्न सफल भयो ।

पेष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा प्रहरीले सुदूरपश्चिम प्रदेशलाई सीधा सेटमा २५–१६, २५–१७ र २५–१६ ले हरायो । प्रहरी समूह ‘बी’ को विजेता बन्यो । ३ टिम रहेको समूहमा प्रहरीले उद्घाटन खेलमा एपीएफलाई मंगलबार ३–० ले हराएको थियो ।

बिहीबार एपीएफ र सुदूरपश्चिमबीच हुने लिगको अन्तिम खेलबाट सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 April 2023
Website | + posts




ताजा
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता