खुट्टाको कुर्कुच्चा फुट्ने समस्या छ ? यी उपाय अपनाउनुहोस

खुट्टाको कुर्कुच्चा फुट्ने समस्या छ ? यी उपाय अपनाउनुहोस : Icon Khabar

काठमाडौँ, चैत २९ । खुट्टाको कुर्कुच्चा फुट्ने एक आम समस्या नै हो । सामान्यतय यो समस्या जाडो मौसममा बढी देखिन्छ। तर प्राय व्यक्ति सधैँभर कुर्कुच्चा फुट्ने समस्याबाट ग्रसित नै हुन्छन् । जाडो मौसममा चिसोको कारण छाला सुख्खा हुने हुँदा धेरै जसो मानिसमा यो समस्या देखिन्छ।

छाला सुख्खा हुँदा फुट्ने समस्या भए तापनि अन्य कारणहरु पनि छन्, जस्तै धेरै बेरसम्म उभिएर काम गर्ने व्यक्तिहरुमा यो समस्या बढी देखिन्छ।त्यस्तै खुट्टा या छालाको राम्रो स्याहार सुसार नगर्दा र फिट नहुने जुत्ता वा चप्पलको कारण पनि कुर्कुच्चा फुट्ने समस्या हुन्छ। कुर्कुच्चा फुट्नु ठुलो समस्या भने होइन।

यसलाई हामीले आफ्नै घरमा उपलब्ध सामाग्रीहरु प्रयोग गरेर सजिलै हटाउन सकिन्छ। त्यसकारण आज हामी यस्तो अचुक घरेलु उपचार विधिको बारेमा बताउन गइरहेका छौँ, जसले फुटेको कुर्कुच्चालाई सधैँको लागि निको पार्नुका साथै खुट्टालाई पहिला भन्दा सफा, मुलायम र कोमल बनाउँछ।

यसको लागि चाहिने सामग्री:

पानी, कागती, नुन, ग्लिसिरिन र भ्यास्लिन । बनाउने विधि: आधा कचौरा पानीमा एउटा कागती काटेर यसको आधा भागको रस निचोरेर राख्ने। त्यसपछी यसमा सानो चम्चाको आधा यानिकी आधा चम्चा ग्लिसिरिन र सानो चम्चाकै आधा नुन राखेर सम्पूर्ण सामग्रीलाई राम्ररी मिसाउने। यो मिश्रण तयार गर्नुहोस।

प्रयोग गर्ने विधि:

अघि हामीले निचोरेको कागतीको बोक्रा लिएर यस पानीको मिश्रणमा चोपेर फुटेको ठाउँमा स्क्रब गर्ने। ५-१० मिनेट सम्म गर्नु पर्छ। यसरी स्क्रब गर्दा फुटेको छाला (डेड स्किन) सबै निस्किन्छ र एकदम सफा र चिटिक्क हुन्छ। करिब ५-१० मिनेट स्क्रब गरेपछी सफा कपडाले यसलाई पुछ्नुहोस्। स्क्रब गरेर राम्ररी पुछेपछी यो भागमा भ्यास्लिन लगाउनुहोस्।

यो विधि राती सुत्नु भन्दा अगाडी प्रयोग गर्नुहोस्। बिहान उठेर खुट्टालाई राम्रो सँग धुनुहोस् । लगातार तीन दिनसम्म यो उपचार विधि अपनाउँदा जस्तोसुकै फुटेको कुर्कुच्चा निको हुन्छ। यदि तीन दिनमा ठिक भएन भने अझ अरु केहि दिन यो विधि अपनाउनुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 April 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने