ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता सुरू, नरपथगञ्ज र एपीएफ विजयी

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता सुरू, नरपथगञ्ज र एपीएफ विजयी : Icon Khabar

विराटनगर, चैत २७ । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जल र विभागीय टिम एपीएफले विजय सुरूवात गरेको छ ।

सोमबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश बनाउँदै नरपगगञ्ज विजयी भएको हो ।

पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगर जुट मिलको खेल मैदानमा भएको उद्घाटन खेलमा १२५ रनको विजय लक्ष्य पछ्याएको नरपथगञ्जले १६ दशवलम ४ बलमा ६ विकेट गुमाई पुरो गर्यो । नरपथगञ्जका रवि रोयले ३० बलमा ४० रनको योगदान दिए । उनले ३ छक्का र ३ चौक्का प्रहार गरेका थिए । भानु आन्दले ३३ रन बनाउँदा अमर चौधरीले २० रनको योगदान दिए ।

आर्मीका जितेन्द्र मुखिया र आकाश चन्दले समान २–२ विकेट लिए । सुशान्त विराजले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले १७ दशवलम ४ बलमा अलआउट भइ १२४ रनमा समिति भयो । आर्मीका हरी चौहानले ४० बलमा ६३ रनको अर्धशतकीय ईनिङ खेले । उनले ४ छक्का र ६ चौक्का प्रहार गरे । राजेश पुलामीले २६ बलमा ३४ रनको योगदान गरे ।

नरपथगञ्जका श्रवन वर्माले ४ ओभरमा १९ रन खर्चिएर ४ विकेट लिए । रबडा कुमारले २ विकेट लिए । म्यान अफ द म्याच नरपथगञ्जका श्रवन घोषित भए ।

सोही दिन भएको दोस्रो खेलमा वाइआरसीसी क्रिकेट क्लब विराटनगरलाई ४ विकेटले हराउँदै विभागीय टिम एपीएफ विजयी भएको छ ।
११६ रनको विजय लक्ष्य पछ्याएको एसपीएफले १७ दशवलम ३ बलमा ६ विकेटको क्षतिमा पुरा गर्यो । जसमा एपीएफका पुरन बिकले २७ रन, अरुणले २६ रनको योगदान दिए ।

बलिङमा वाइआरसीसीका कमल खत्री, हर्षले समान २–२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ्ग गरेको वाइआरसिसीले १८. ५ बलमा अलआउट भइ १ सय १५ रनमा समेटियो । वाइआरसिसीका अलराउन्डर खेलाडी हर्षले ३० बलमा ४४ रन बनाए । उनले चार चौक्का र २ छक्का हाने ।

एपीएफका दुरन बिकले ३.५ बलमा २६ रन खर्चेर ४ विकेट लिए । एपीएफका अमरसिंह सौटेलाले ३ विकेट लिए । २२ रन र ३ विकेट लिने अमरसिंह खेलको म्यान अफ द म्याच पनि घोषित भए ।

लिकको आधरमा भएको प्रतियोगितामा मंगलबारको पहिलो खेल वाइआरसिसी र आर्मीबीच हुनेछ । सोही दिन हुने दोस्रो खेल एपीएफ र नरपथञ्च बिच हुनेछ ।

चैत २७ देखि वैशाख ३ गतेसम्म संचालन हुने प्रतियोगिता तीन वटा विभागीय टिमसहित ८ वटा टिमको सहभागिता रहेको पूर्वाञ्चल क्रिकेट एकेडेमीका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताका विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कारसहित ट्रफी पाउनेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५० हजार मूल्य बराबरको क्रिकेट किड पाउनेछ ।

नेपाल क्रिकेट संघका वरिष्ठ सल्लाहकार एवं पूर्वउपाध्यक्ष नरेश श्रेष्ठले दिवंगत छोरीको नाममा आयोजना गरिएको प्रतियोगितामा मुलुकका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपीएफसहित एनबीएससी विराटनगर, राहुल ११, सुदुरपश्चिम क्रिकेट क्लब, भारतको नरपथगन्ज र दिल्ली युनाईटेडको सहभागि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 April 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु