टेबलटेनिस टोली कोरिया जाने

टेबलटेनिस टोली कोरिया जाने : Icon Khabar

काठमाडौं, चैत २६ ।  दोश्रो एसपीसीए टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दै छ ।

जुनियर खेलाडीमा योङगी पौडेल, एस्टर चौधरी र आशिष महता रहेका छन् । भेट्रान खेलाडीमा पूर्णशंकर श्रेष्ठ, सुमन खड्गी, अरोजकुमार खड्गी, सुरेन्द्र शाही र संघरत्न डंगोल रहेका छन् । प्रशिक्षकमा आईटीटीएफ लेभल २ सर्टिफाइड टेबलटेनिस प्रशिक्षक ज्याकी महर्जन छन् ।
प्रतियोगिता अप्रिल १० देखि १८ तारिखमा हुनेछ । टेबलटेनिसमा ओलम्पिककी स्वर्ण विजेता दक्षिण कोरियाकी याङ योङ जाको निमन्त्रणामा दक्षिण कोरिया जाने लागेको प्रशिक्षक महर्जनले जानकारी गराए । प्रतियोगितापछि जुनियर खेलाडीले दक्षिण कोरियामै ३ महिने प्रशिक्षणमा सहभागी हुने छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Published Date: 09 April 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय