विद्यालयले किताब र विद्यालय पोशाक बेच्नु आफैमा दण्डनीय छ : मेयर शाह

विद्यालयले किताब र विद्यालय पोशाक बेच्नु आफैमा दण्डनीय छ : मेयर शाह : Icon Khabar

काठमाडौं, चैत २६ । काठमाडौं महानगरपालिकाका मेयर बलेन्द्र शाहले विद्यालयले किताब र विद्यालय पोशाक बेच्नु आफैमा दण्डनीय भएको स्मरण गराएका छन् ।

विद्यालयले अभिभावकलाई सान्दर्भिक ठाउँबाट किताब र पोशाक किन्न बाध्य पारेको गुनासो आएको भन्दै उनले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ बमोजिम यस्तो कारबाही दण्डनीय रहेको बताए ।

मेयर शाहले आइतबार फेसबुकमा लेखेका छन्, ‘विद्यालय आफैंले किताब बेच्ने र अभिभावकलाई निश्चित ठाउँबाट पोसाक किन्न बाध्य पारेको गुनासो धेरै आएको छ, यस्तो कार्य संस्थागत विद्यालयको मापदण्ड र सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय हुने स्मरण गराइन्छ । “

उनले सबै विद्यालयलाई निर्देशनअनुसार काम गर्न पनि आग्रह गरे । “सबै विद्यालयहरूलाई संस्थागत विद्यालय स्तर र सञ्चालन निर्देशिका २०६९ अनुसार काम गर्न अनुरोध गरिएको छ,” उनले लेखे।

महानगरले चैत ३१ गते विज्ञप्ति जारी गर्दै किताब बेच्ने विद्यालयलाई कारबाही गरिने चेतावनी दिएको थियो । महानगरको शिक्षा विभागका शिक्षा अधिकृत रामप्रसाद सुवेदीले चैत १४ गते परिपत्र जारी गर्दै विद्यालयलाई पुस्तक बिक्री नगर्न र अभिभावकलाई निश्चित ठाउँमा पोसाक किन्न बाध्य नगर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 April 2023
Website | + posts






ताजा
नीलबाराही मन्दिर परिसरमा भुक्षय रोकथामका लागि श्रमदान, हजारौंको उत्साहजनक सहभागिता
अक्सफोर्ड प्राक्टिकल स्कूलमा कक्षा ११ व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुला
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि








ट्रेन्डिङ
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न