विद्यालयले किताब र विद्यालय पोशाक बेच्नु आफैमा दण्डनीय छ : मेयर शाह

विद्यालयले किताब र विद्यालय पोशाक बेच्नु आफैमा दण्डनीय छ : मेयर शाह : Icon Khabar

काठमाडौं, चैत २६ । काठमाडौं महानगरपालिकाका मेयर बलेन्द्र शाहले विद्यालयले किताब र विद्यालय पोशाक बेच्नु आफैमा दण्डनीय भएको स्मरण गराएका छन् ।

विद्यालयले अभिभावकलाई सान्दर्भिक ठाउँबाट किताब र पोशाक किन्न बाध्य पारेको गुनासो आएको भन्दै उनले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ बमोजिम यस्तो कारबाही दण्डनीय रहेको बताए ।

मेयर शाहले आइतबार फेसबुकमा लेखेका छन्, ‘विद्यालय आफैंले किताब बेच्ने र अभिभावकलाई निश्चित ठाउँबाट पोसाक किन्न बाध्य पारेको गुनासो धेरै आएको छ, यस्तो कार्य संस्थागत विद्यालयको मापदण्ड र सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय हुने स्मरण गराइन्छ । “

उनले सबै विद्यालयलाई निर्देशनअनुसार काम गर्न पनि आग्रह गरे । “सबै विद्यालयहरूलाई संस्थागत विद्यालय स्तर र सञ्चालन निर्देशिका २०६९ अनुसार काम गर्न अनुरोध गरिएको छ,” उनले लेखे।

महानगरले चैत ३१ गते विज्ञप्ति जारी गर्दै किताब बेच्ने विद्यालयलाई कारबाही गरिने चेतावनी दिएको थियो । महानगरको शिक्षा विभागका शिक्षा अधिकृत रामप्रसाद सुवेदीले चैत १४ गते परिपत्र जारी गर्दै विद्यालयलाई पुस्तक बिक्री नगर्न र अभिभावकलाई निश्चित ठाउँमा पोसाक किन्न बाध्य नगर्न आग्रह गरेका थिए ।

Published Date: 09 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग