म्यानचेस्टर सिटीको सानदार जित

म्यानचेस्टर सिटीको सानदार जित : Icon Khabar

काठमाडौँ, चैत २६ । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । सिटीले रेलिगेसन जोनको पुछारमा रहेको साउथह्याम्टनमाथि ४–१ को सहज जित आत्मसात गरेको हो ।

सिटीको जितमा एर्लिङ ब्राउट हालान्डले दुई तथा ज्याक ग्रेलिस र जुलियन अल्भारेजले समान एक गोल गरे । घरेलु टोलीका सेकोउ माराले एक गोल फर्काए ।

सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा शनिबार राति भएको खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको सिटीले पहिलो गोलको लागि पहिलो हाफको अन्तिम समय नै कुर्नुपरेको थियो ।

४५औं मिनेटमा हालान्डले केभिन डि ब्रुएनाको पासमा गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । ५८औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

६८औं मिनेटमा हालान्डले ग्रेलिसको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि सिटी सहज जिततर्फ अग्रसर बन्यो । ७२औं मिनेटमा सेकोउ माराले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि ७५औं मिनेटमा अल्भारेजले पेनाल्टीमा गोल गर्दै सिटीको सहज जित पक्का गराए ।

यस जितसँगै दोस्रो स्थानमा रहेको सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी ६ मा छोट्याएको छ । सिटीको २९ खेलबाट ६७ अंक पुगेको छ । समान खेलबाटै आर्सनलको ७२ अंक छ । पराजित साउथह्याम्टन २३ अंक जोडेर पुछारमा छ । –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 April 2023
Website | + posts