म्यानचेस्टर सिटीको सानदार जित

म्यानचेस्टर सिटीको सानदार जित : Icon Khabar

काठमाडौँ, चैत २६ । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । सिटीले रेलिगेसन जोनको पुछारमा रहेको साउथह्याम्टनमाथि ४–१ को सहज जित आत्मसात गरेको हो ।

सिटीको जितमा एर्लिङ ब्राउट हालान्डले दुई तथा ज्याक ग्रेलिस र जुलियन अल्भारेजले समान एक गोल गरे । घरेलु टोलीका सेकोउ माराले एक गोल फर्काए ।

सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा शनिबार राति भएको खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको सिटीले पहिलो गोलको लागि पहिलो हाफको अन्तिम समय नै कुर्नुपरेको थियो ।

४५औं मिनेटमा हालान्डले केभिन डि ब्रुएनाको पासमा गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । ५८औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

६८औं मिनेटमा हालान्डले ग्रेलिसको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि सिटी सहज जिततर्फ अग्रसर बन्यो । ७२औं मिनेटमा सेकोउ माराले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि ७५औं मिनेटमा अल्भारेजले पेनाल्टीमा गोल गर्दै सिटीको सहज जित पक्का गराए ।

यस जितसँगै दोस्रो स्थानमा रहेको सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी ६ मा छोट्याएको छ । सिटीको २९ खेलबाट ६७ अंक पुगेको छ । समान खेलबाटै आर्सनलको ७२ अंक छ । पराजित साउथह्याम्टन २३ अंक जोडेर पुछारमा छ । –एजेन्सी

Published Date: 09 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग