अर्थतन्त्रको सुदृढीकरण मेरो पहिलो प्राथमिकता: अर्थमन्त्री महत

अर्थतन्त्रको सुदृढीकरण मेरो पहिलो प्राथमिकता: अर्थमन्त्री महत : Icon Khabar

काठमाडौं, चैत २३ । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउनु आफ्नो पहिलो प्राथमिकता भएको बताएको छ ।

मन्त्री महतले भने, “सरकार आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेको छ, बजेटको मुख्य ध्यान अर्थतन्त्रलाई मजबुत बनाउने हो।”

नेपाल सम्पादक समाजका पदाधिकारीसँग आज भएको भेटमा डा महतले सत्तारुढ दलको सहमतिमा सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने बताए । समाजका पदाधिकारीहरुले मन्त्री महतलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको थियो ।

कार्यक्रममा समाजका संरक्षक किरण वैद्य, अध्यक्ष पुरु रिसाल, वरिष्ठ उपाध्यक्ष पुष्पराज प्रधान, महासचिव श्यामकाजी डोटेललगायतको उपस्थिति रहेको थियो ।

Published Date: 06 April 2023


ताजा
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
आज बुधबारको राशिफल
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली