झापा जिल्ला आमन्त्रण चेसमा विकासको एकल अग्रता

झापा जिल्ला आमन्त्रण चेसमा विकासको एकल अग्रता : Icon Khabar

झापा, चैत २३ । झापा जिल्ला खुल्ला आमन्त्रण रेटिङ चेस प्रतियोगितामा मेची नगरका विकास मैनालीले एकल अग्रता कायम गरेका छन् । प्रतियोगिताको पाँच चरणको समाप्तीमा विकासको ४ दशमलव ५ अंक छ । उनलाई पछ्याइ रहेका प्रकाश नेपाल, राजन सुबेदी र विक्रम सिंघकको ४ अंक छ ।

यसैगरी,विक्रम राई, राज लीम्बीु, रिसन थापा र उमेश राईको ३ दशमलव ५ अ.क छ । स्वीस लिगको आधारमा सात चरणमा सञ्चालन हुने प्रतियोगिता बिहिबार सम्पन्न हुने छ ।  तीन दिने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी ३५ जना खेलाडीको सहभागिता छ ।

प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ९ हजार ५ सय रुपैया रहेको छ । प्रतियोगिताको आयोजक नाइटचेस क्लब, रोटरी कलब अफ मेचीनगर र मेची युवा चेस एकेडेमी छन् ।

प्रतियोगिताले युवा खेलाडीको क्षमता विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको टुर्नामेन्ट डाइरेक्टर भरत गुरुङले जानकारी दिए ।

Published Date: 06 April 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर