झापा जिल्ला आमन्त्रण चेसमा विकासको एकल अग्रता

झापा जिल्ला आमन्त्रण चेसमा विकासको एकल अग्रता : Icon Khabar

झापा, चैत २३ । झापा जिल्ला खुल्ला आमन्त्रण रेटिङ चेस प्रतियोगितामा मेची नगरका विकास मैनालीले एकल अग्रता कायम गरेका छन् । प्रतियोगिताको पाँच चरणको समाप्तीमा विकासको ४ दशमलव ५ अंक छ । उनलाई पछ्याइ रहेका प्रकाश नेपाल, राजन सुबेदी र विक्रम सिंघकको ४ अंक छ ।

यसैगरी,विक्रम राई, राज लीम्बीु, रिसन थापा र उमेश राईको ३ दशमलव ५ अ.क छ । स्वीस लिगको आधारमा सात चरणमा सञ्चालन हुने प्रतियोगिता बिहिबार सम्पन्न हुने छ ।  तीन दिने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी ३५ जना खेलाडीको सहभागिता छ ।

प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ९ हजार ५ सय रुपैया रहेको छ । प्रतियोगिताको आयोजक नाइटचेस क्लब, रोटरी कलब अफ मेचीनगर र मेची युवा चेस एकेडेमी छन् ।

प्रतियोगिताले युवा खेलाडीको क्षमता विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको टुर्नामेन्ट डाइरेक्टर भरत गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 April 2023
Website | + posts