‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिनुको कारण खुलाउन सरकारलाई सर्वोच्चको कारण देखाउ आदेश

‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिनुको कारण खुलाउन सरकारलाई सर्वोच्चको कारण देखाउ आदेश : Icon Khabar

काठमाडौं, चैत २३ । सर्वोच्च अदालतले ‘जनयुद्ध’ दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश दिएको छ । न्यायमूर्ति हरिप्रसाद फुयाँलको आदेशअनुसार सरकारले ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिनुको कारण १५ दिनभित्र खुलाई सर्वोच्च अदालतमा बुझाउनुपर्ने छ ।

पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले फागुन १ (नेपाली पात्रो अनुसार) लाई ‘जनयुद्ध’ दिवसको नाममा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । त्यसविरुद्ध कल्याण बुढाथोकीलगायत द्वन्द्वका पीडितले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट निवेदकहरूले ‘जनयुद्ध’ दिवसको बिदा खारेज गर्न आदेश माग गरेका छन् ।

सरकारले ‘जनयुद्ध’ दिवसको नाममा सार्वजनिक बिदा दिएपछि चौतर्फी आलोचना भएको थियो । तत्कालीन नेकपा–माओवादीले नेपाल राज्यविरुद्ध घोषणा गरेको ‘जनयुद्ध’ २०५२ फागुन १ गतेदेखि सुरु भएर १० वर्षसम्म चलेको थियो । सशस्त्र द्वन्द्वमा करिब १७ हजार मानिसको मृत्यु भएको थियो । कतिपय अझै बेपत्ता छन् र कतिपय विकृत छन् । दाहाल नेतृत्वको सरकारले ‘जनयुद्ध’ लाई सम्मान गर्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

Published Date: 06 April 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी