‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिनुको कारण खुलाउन सरकारलाई सर्वोच्चको कारण देखाउ आदेश

‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिनुको कारण खुलाउन सरकारलाई सर्वोच्चको कारण देखाउ आदेश : Icon Khabar

काठमाडौं, चैत २३ । सर्वोच्च अदालतले ‘जनयुद्ध’ दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश दिएको छ । न्यायमूर्ति हरिप्रसाद फुयाँलको आदेशअनुसार सरकारले ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिनुको कारण १५ दिनभित्र खुलाई सर्वोच्च अदालतमा बुझाउनुपर्ने छ ।

पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले फागुन १ (नेपाली पात्रो अनुसार) लाई ‘जनयुद्ध’ दिवसको नाममा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । त्यसविरुद्ध कल्याण बुढाथोकीलगायत द्वन्द्वका पीडितले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट निवेदकहरूले ‘जनयुद्ध’ दिवसको बिदा खारेज गर्न आदेश माग गरेका छन् ।

सरकारले ‘जनयुद्ध’ दिवसको नाममा सार्वजनिक बिदा दिएपछि चौतर्फी आलोचना भएको थियो । तत्कालीन नेकपा–माओवादीले नेपाल राज्यविरुद्ध घोषणा गरेको ‘जनयुद्ध’ २०५२ फागुन १ गतेदेखि सुरु भएर १० वर्षसम्म चलेको थियो । सशस्त्र द्वन्द्वमा करिब १७ हजार मानिसको मृत्यु भएको थियो । कतिपय अझै बेपत्ता छन् र कतिपय विकृत छन् । दाहाल नेतृत्वको सरकारले ‘जनयुद्ध’ लाई सम्मान गर्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 April 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान








ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट