हवाई इन्धनको मूल्य घटेपछि हवाई भाडा पनि घट्यो

हवाई इन्धनको मूल्य घटेपछि हवाई भाडा पनि घट्यो : Icon Khabar

काठमाडौं, चैत २३ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि हवाई सेवा कम्पनीले पनि उडानको भाडा घटाएका छन् । निगमले सोमबार हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।

हवाई सेवा कम्पनीहरूले रुटका आधारमा भाडा घटाएर न्यूनतम रु ९० र अधिकतम रु चार सय ४० घटाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं–धनगढीको हवाई भाडामा सबैभन्दा बढी ४ सय ४० रुपैयाँ र सबैभन्दा कम काठमाडौं–सिमरा रुटको हवाई भाडामा ९० रुपैयाँले घटेको छ ।

निगमले आन्तरिक रूपमा हवाई इन्धन प्रतिलिटर १७० रुपैयाँबाट १० रुपैयाँले घटाएर १६० रुपैयाँमा घटाएको हो । नेपाल वायुसेवा निगम, बुद्ध एयर, श्री एयरलाइन्स, यती, समिट एयर, तारा एयर, सीता एयर, सौर्य एयरलाइन्स लगायतका कम्पनीले हवाई भाडा घटाएका छन् ।

Published Date: 06 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग